समाचार

बेलबारी चिसाङ साझेदारीको वनको क्षमता अभिवृद्धि तालिम

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

असार ९
बेलबारी चिसाङ साझेदारी वन व्यवस्थापन समुहले कर्मचारी तथा समितीका पदाधीकारीहरुको क्ष्मता अभिवृद्धिका लागि २ दिने तालिम आयोजना गरेको छ । सव डिभीजन वन कार्यालयमा सोमबारबाट सुरु भएको तालिम मंगलबार सम्म चल्ने छ ।
तालिम उद्घाटन कार्यक्रममा डिभीजन वन कार्यालय मोरङका डिभीजनल वन अधिकृत विशाल घिमिरेले साझेदारी वनको भुमिका तथा महत्वबारे व्यवस्थापन समुहका व्यक्तिले आफु अन्तर्गतका उपभोक्ता र सर्वसाधारणलाई बुझाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । साझेदारी वनको अवधारणा अनुसार दक्षिणी क्षेत्रका उपभोक्ताले पनि वनबाट केही न केही फाइदा लिएर वनप्रति अपनत्व महसुस गराउन समुहका पदाधीकारी र कर्मचारीको सामुहिक प्रयास रहनुपर्ने बताउनुभयो । साझेदारी वन व्यवस्थापन समुह,वैज्ञानिक वन व्यवस्थापन जस्ता विषयहरु खुला रुपमा छलफलमा ल्याउन सकेमा यसप्रति सबैको सकारात्मक बुझाई हुने र यसले राम्रो परिणाम दिन सक्ने घिमिरेको भनाई छ । समिति र कर्मचारीको समन्वयमा काम अघि बढाउनुपर्दा आवश्यक तौर तरिका र उपायहरु तालिमका क्रममा सिक्न सक्ने अपेक्षाका साथ कार्यक्रम गरिएको बेलबारी चिसाङ साझेदारी वन व्यवस्थापन समुहका संयोजक दिनेश गिरीले बताउनुभयो । तालिममा साझेदारी वन व्यवस्थापन समुहका पदाधीकारी सदस्य तथा वन कार्यालयका कर्मचारीहरु सहभागी रहेका छन् ।

Facebook Comments
Show More

Related Articles