समाचार

जनतामा करको मार नपार्न कांग्रेस बेलबारीको माग, शिक्षा विधेयक संसोधन गर्न सुझाव

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

असार ९
नेपाली कांग्रेस बेलबारीले जनतामा अनावश्यक करको मार नपार्न र शिक्षा विधेयक २०७६ मा सुधान गर्न ध्यानाकर्षण गराउँदै बेलबारी नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । चौथो नगरसभा हुन लागेको सन्दर्भमा नेपाली कांग्रेसले नगरप्रमुख ज्ञानेन्द्र सुवेदीलाई ज्ञापनपत्र बुझाउँदै आवश्यक सुधार गर्न दवाव दिएको हो ।
शिक्षा सम्बन्धी व्यवस्था गर्न वनेको विधेयक २०७६ निर्माण प्रकृयामा सारोकारवाला विद्यालय व्यवस्थापन समिति,शिक्षक अविभावक संघ,शिक्षकका पेशागत संघ तथा संगठन,संस्थागत विद्यालयका संगठन लगायत सँग आवश्यक छलफल नै नगरी पारित गर्न लागिएको भन्दै कांग्रेसले आपत्ती जनाएको छ । यस्तै नगरपालिकाले जनतामारा कर लागु गरेको भन्दै त्यसलाई पनि व्यवस्थित गर्न माग गरेको छ । ज्ञापनपत्रमा कांग्रेसले शिक्षा विधेयक संसोधन गर्न र करलाई व्यवस्थापन गर्न बुँदागत रुपमा सुझाव दिएको छ ।नगरप्रमुख ज्ञानेन्द्र सुवेदीलाई नेपाली काँग्रेसका नगर संयोजक शम्भु भट्टराईले ज्ञापनपत्र हस्तान्तरण गर्नुभएको हो । सो क्रममा कांग्रेस महासमिति सदस्य महेन्द्र सुवेदी,जिल्ला सदस्य राजकुमार लिम्बु, लगायतको समुह ज्ञापन पत्र बुझाउन नगरपालिका पुगेको थियो ।
ज्ञापनपत्र बुझदै नगरप्रमुख सुवेदीले ज्ञापनपत्रमा उल्लेख भएका जायज मागका बिषयमा सम्बोधन गरिने बताउनुभयो । बेलबारी नगरपालिकामा शिक्षा सम्बन्धी कार्यविधि निर्माण भएदेखि नै विवादित बनेको थियो भने अहिले उच्च अदालत विराटनगरले समेत सो कार्यविधि तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको अवस्था छ ।
यस्तै गत बिहिबार मात्र शिक्षा बिधेयकको बिरोध गर्दै ४ जना वडाध्यक्षहरुले कार्यपालिकाको बैठकमै नोट अफ डिसेन्ट समेत लेखेका थिए ।

Facebook Comments
Show More

Related Articles