समाचार

बेलबारीमा तनाव विसर्जन कार्यक्रम

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

जीवन विज्ञान योग प्रयोगशाला बेलबारीले एक दिने तनाव विसर्जन कार्यक्रमको आयोजना गरेको छ । शनिबार मोरङको बेलबारीमा रहेको तमु बुद्धिष्ट गुम्बामा कार्यक्रम संपन्न भएको हो ।

कार्यक्रममा उपस्थित झण्डै ३ सय मानिसहरुलाई जीवन विज्ञानका विशेषज्ञ रमेश नेपालले साधना, ध्यान र प्रवचन मार्फत तनाव विसर्जन गर्ने तरिकाहरु प्रशिक्षण गरेका थिए । प्रत्येक व्यक्तिभित्र वीज रुपमा रहेको आत्माविश्वास, स्वास्थ्य, नेतृत्व, समृद्धि र सफलतालाई साकार पार्न मानवमा आएका स्वास्थ्य सम्बन्धि समस्याहरुलाई चिर्नको लागि कार्यक्रमको आयोजना गरिएको जीवन विज्ञानका व्यवस्थापक किरण रुपाखेतीले बताए ।

Facebook Comments
Show More

Related Articles