समाचार

बेलबारीमा कान्तीपुर कलेजको करिअर काउन्सेलिङ सेमीनार

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

असार ५
विराटनगर स्थित कान्तीपुर कलेजले एसइइ दिएर बसेका विद्यार्थीहरुका लागि करिअर काउन्सेलिङ कार्यक्रम आयोजना गरको छ । बेलबारी ३ स्थित जक्सन रेस्ट्रोमा कलेजले कार्यक्रम आयोजना गरेको थियो । गएको चैतमा सञ्चालित माध्यमिक शिक्षा परिक्षा एसइइको नतिजा आउन लागेको अवस्थामा भविष्य निर्माणका आगि अध्ययन अघि बढाउने सन्दर्भमा विद्यार्थीलाई उचित सल्लाह र उत्प्रेरणा मिलोस भनेर कार्यक्रम आयोजना गरिएको कलेजका प्राचार्य भुवन नेपालले जानकारी दिनुभयो ।


एसइइ उत्तिर्ण गर्ने विद्यार्थीहरु अब आफ्नो लक्ष्य र योजना अनुसारको उच्च शिक्षा अध्ययनमा अघि बढ्नुपर्ने हुन्छ । आफ्नो भविष्य निर्माणका लागि कुन विषय रोज्ने ? र के अध्ययन गर्दा के फाइँदा हुने भन्ने विषयमा धेरैलाई अन्यौल र दोधार हुने भएकाले सही मार्गदर्शनका लागि कार्यक्रम गरिएको कलेजको भनाई छ ।
कार्यक्रम काउन्सेलर र विभिन्न विषयका प्राध्यापकहरुले विद्यार्थीहरुलाई जानकारी र सल्लाह दिने प्रयास गरेका थिए । प्राध्यापक डाक्टर टिएन मण्डल, काउन्सलर अनुपमा वाँस्तोला, विज्ञान संकायका कोअर्डीनेटर कृष्ण भण्डारी लगायतले विद्यार्थीहरुलाई अध्ययनको विषय छान्दा विचार पुर्याउनुपर्ने कुरा र अध्ययनका विषयहरु बारे जानकारी दिनुभएको थियो ।
२०७२ सालमा स्थापित कान्तीपुर कलेजमा अनुभवी र दक्ष शिक्षकहरु रहेको, प्रयोगात्मक तथा सहभागितामुलक सिकाईलाई महत्व दिने तथा विद्यार्थीमा रहने सिर्जनात्मक क्षमताहरुलाई विकास गराउन पनि फरक फरक प्रशिक्षकहरु राखिएको कलेजले जानकारी दिएको छ ।
अध्ययन गर्ने विषयमा विद्यार्थीहरुमा अन्योल नहोस र सही विषय र शिक्षण संस्थाहरु छान्न सहयोग मिलोस भन्ने पनि आफुहरुको उद्देश्य रहेको प्राचार्य नेपाल बताउनुहुन्छ । प्लस टुमा साइन्स,कम्प्युटर साइन्स,म्यानेजमेन्ट र होटल म्यानेज्मेन्ट अध्यापन गराउँदै आएको कान्तीपुर कलेज पनि विद्यार्थीहरुको छनौटमा पर्न सक्ने प्राचार्य नेपालको भनाई छ ।
कार्यक्रममा बेलबारी,सुन्दर हरैँचा लगायत स्थानका एसइइ दिएर बसेका विद्यार्थीहरु सहभागी थिए।

Facebook Comments
Show More

Related Articles