समाचार

बेलबारीको बेतना सिमसारमा मोटरबोट सञ्चालनको संरचना निर्माण सुरु

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

असार ४
बेलबारी नगरपालिका स्थित बेतना सिमसारमा मोटर बोट सञ्चालनका लागि आवश्यक संरचना ‘क्यानल’ नहर निर्माणको काम सुरु भएको छ । प्रदेश १ सरकारको उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयबाट प्राप्त बजेटबाट सो संरचना निर्माणको काम सुरु भएको हो । क्यानल निर्माण भएपछि त्यसमा मोटरबोट समेत सञ्चालन हुने छ । वेतना सिमसारको २० वर्षे गुरु योजना अनुसार २ भागमा बाँडेर पुर्वपश्चिम राजमार्गबाट दक्षिणमा रहेको भागमा निर्माण कार्य भैरहेको हो । सिमसारको दक्षिणी भाग स्थित वेतना खोलामा सो क्यानल निर्माण भैरहेको छ । पहिलो चरणमा १ सय २५ मिटर लामो,१३ मिटर चौडाइ र ७ मिटर गहिराईको क्यानल बन्ने वेतना सिमसार सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष डम्बर बस्नेतले जानकारी दिनुभएको छ ।

सिमसारको गुरुयोजना अनुसारकै संरचना निर्माणको काम सूरु भएको बस्नेतले जानकारी दिनुभएको छ । जम्मा ९९ सय लाख ५२ हजार रुपैँयाको बजेटमा निर्माण कार्य भैरहेको र त्यसमा करिव १० लाख रुपैँया सिमसारले खर्च गर्ने बेतना सिमसारले जनाएको । यसपटक १ सय २५ मिटर लामो क्यानल वनेपनि पुर्ण हुँदा १ हजार ६० मिटर लामो हुने छ । सँगसँगै ३ वटा पोखरी पनि निर्माण हुनेछन् । पोखरीविच आपसमा क्यानलको सहायताले जोडिनेछन् ।
गुरु योजना अनुसार सिमसारको कुल १७४.९१ हेक्टर क्षेत्रफललाई ३ खण्डमा विभाजन गरी दक्षिणी भागलाई मानव प्रयोगको क्षेत्र भनेर छुट्याइएको छ । त्यसका लागि करिव १३ हेक्टर छुट्याइएको र सोही क्षेत्रमा मानविय गतिविधि केन्द्रित हुने भएकाले संरचनाहरु पनि पर्यटकलाई आकर्षित गर्नेगरी निर्माण हुनेछन् । पिकनिक स्पट,भ्यु टावर लगायतका संरचनाहरु पनि निर्माण गरिनेछ । सिमसार क्षेत्रलाई सुरक्षित राख्दै मानविय गतिविधिलाई तल्लो भागमा केन्द्रित गर्न लागिएको अध्यक्ष बस्नेतले बताउनुभयो ।पर्यटकिय महत्व र विशेषताका कारण देशभर चर्चित वेतना सिमसारले अब जैविक विविधता संरक्षणका क्षेत्रमा पनि योजना अनुसार नै अघि बढेर प्रगति हासिल गर्ने लक्ष्य लिएको जनाएको छ ।

Facebook Comments
Show More

Related Articles