साहित्य

बेलबारीमा असार ७ गते गजल महफिल आयोजना हुने

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

 

असार २

बेलबारीमा चर्चित र ख्यातीप्राप्त राष्ट्रिय गजलकारहरुको समेत प्रस्तुती रहने कार्यक्रम ‘बेलबारी गजल महफिल–२०७६’ हुने भएको छ । कोशी नेपाल मिडियाको आयोजनामा असार ७ गते शनिबार राष्ट्रिय चर्चित गजलकारहरुको उपस्थितिमा गजल महफिल–२०७६ हुन लागेको हो ।
बेलबारी नगरपालिका स्थित आदिवासी जनजातिको सभाहलमा हुने कार्यक्रममा रावत, किसान प्रेमी, विराट अनुपम, सुनिता तामाङ, पुरु लम्साल, पुष्प अधिकारी ‘अञ्जली’, वसन्त ओली ‘वसन्ती’, मधु पोख्रेल, विवश वलभद्र कोइराला, अञ्जु स्मारिका, प्रमोद स्नेह, कविता राई, युवराज ठकुरी ‘अज्ञानी’ लगायतका गजलकार सहभागी हुने आयोजकले जनाएको छ । यस्तै रिचा लुइटेल, टीका आत्रेय, जि.बि. गजल, तिला लेकाली, प्रकट पंगेनी ‘शिव’, सुन्दर कुरुप लगायतका चर्चित गजलकारहरु कार्यक्रममा सहभागी हुने भएका छन् ।
कोशी नेपाल टेलिभिजनबाट प्रशारण हुने साहित्य दीप विशेष कार्यक्रम अन्तर्गत बेलबारी गजल महफिल आयोजना गर्न लागिएको कोशी नेपाल मिडियाका सञ्चालक अर्जुन कुलुङ राईले जानकारी दिए ।
बेलबारी नगरपालिकाको सहयोगमा हुन लागेको कार्यक्रमलाई सर्जक जेवि थुलुङको सहजीकरण गर्नेछन् । गजल महफिलले नेपालभरकै चर्चित श्रष्टाहरुलाई एउटै मञ्चमा उभ्याउने र यसले नेपाली साहित्यको विकासमा सहयोग पुग्ने अपेक्षा लिइएको राईले बताए ।

 

Facebook Comments
Show More

Related Articles