समाचार

बेलबारी नगरपालिकाले घोषणा गरेको विदा सरकारी कार्यालयहरुले नै मानेनन्

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

असार २
बेलबारी नगरपालिकाले पहिलो पटक दिएको स्थानिय सार्वजनिक विदा नेपाल सरकार अन्तर्गतका निकाय,कार्यालय तथा विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले अवज्ञा गरेका छन् । पहिलो जाति घोषणा गरिएको धिमालको महत्वपुर्ण पर्व जात्री÷सिर्जातको अवसरमा स्थानिय सार्वजनिक विदा दिइएको भनेर बेलबारी नगपालिकाले सुचना जारी गरेको थियो । तर विदा दिइएको असार २ गते सोमबार नगरपालिका र ११ वटा वडा कार्यालयहरु तथा शैक्षिक संस्थाहरु मात्रै बन्द रहे । बेलबारीमै रहेका मालपोत कार्यालय,नापी कार्यालय, नेपाल विद्युत प्राधीकरण ,वन कार्यालय,राष्ट्रिय वाणिज्य बैंक लगायत अन्य बैंकहरु,केही सहकारी लगायतका वित्तिय संस्थाहरु खुलेका छन् । बेलबारीमै रहेको लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाले भने नगरपालिकाकै सुचनाका आधारमा आफुले पनि सुचना गरेर कार्यालय विदा गरेको छ ।

स्थानिय सरकारको रुपमा बेलबारी नगरपालिकाले पहिलो पटक स्थानिय विदा घोषणा गरेको थियो । नगरले दिएको विदामा समेत सञ्चालनमा रहेका सरकारी कार्यालयहरुले विदा अवज्ञा गरेको देखिन्छ । बेलबारीमा मानिसको निकै चहलपहल हुने मालपोत,नापी,विद्युत लगायत कार्यालयले यथावत रुपमा कार्यालय सञ्चालन गरिरहँदा सेवाग्राही भने अन्योलमा परेका छन् । अघिल्लो दिन सञ्चार माध्यम र सामाजिक सञ्जाल मार्फत सार्वजनिक विदाबारे जानकारी पाएका सर्वसाधारण सोमबार सबै कार्यालय खुलेको देख्दा अचम्मित समेत बनेका थिए ।

नगरपालिकाले घोषणा गरेको विदाको दिन पनि सञ्चालनमा रहेका सरकारी कार्यालयका कर्मचारीहरुले भने आफुहरुको कार्यालय संघिय र प्रदेश सरकार मातहत रहेकाले उनीहरुले दिएको विदा मात्रै मान्ने गरेको प्रतिकृया दिएका छन् ।
संघ र प्रदेश सरकार अन्तर्गतका कार्यालयहरुले विदा कार्यान्वयन गर्ने वा नगर्ने भन्ने कुरा उनीहरुकै निर्णयमा भर पर्ने बेलबारी नगरपालिकाले जनाएको छ । नगरले घोषणा गरेको विदा नगरपालिका मातहत रहने वडा कार्यालयहरु,पशु सेवा कार्यालय,मावि सम्मका विद्यालय,स्वास्थ्य सेवाका कार्यालयहरु, आयुर्वेद औषधालय लगायतमा लागु हुने बेलबारी नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत प्रदिप शाहले जानकारी दिनुभएको छ ।
कार्यालयहरु बाट काम लिनुपर्ने सर्वसाधारण सेवाग्राहीलाई कुन कार्यालय कसको मातहत रहेको भन्ने जानकारी रहँदैन । नगरपालिको जारी गरेको सुचनामा सार्वजनिक विदा भनिएको छ जसले सबै कार्यलयहरु विदा भन्ने बुझाउछ । यसले सर्वसाधारणमा पनि अन्यौल बढाएको छ ।

यो पनि:

असार २ गते बेलबारी नगरपालिकामा सार्वजनिक विदा

Facebook Comments
Show More

Related Articles