समाज

बेलबारीमा पिछडा समुदायका व्यवसायीलाई विधुतीय तराजु वितरण

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

बेलबारी  २६, जेठ /       नेपाल पिछडा वर्ग ओ बि सी महासघं बेलबारी नगर कार्यसमितीले एक कार्यक्रमका बीच वडा नं १ का पिछडा समुदायका व्यवसायीहरुलाई विधुतीय तराजु वितरण गरेको छ । ओ बि सी महासघं बेलबारीले वडा नं १ वडा स्तरीय बजेटबाट व्यवसायी प्रवद्र्धन शिर्षकमा परेको बजेटबाट सो सामाग्री वितरण गरीएको हो । विशेषगरी परम्परागत तराजुलाई विस्थापित गरी नापतौलमा विश्वशनीयता कायम गर्न विधुतीय तराजु वितरण गरीएको आयोजकको भनाई छ ।

वडा नं १ का वडा अध्यक्ष प्रकाश कुमार शाहको सभापतित्वमा आयोजीत कार्यक्रममा वडा नं १ का तरकारी तथा फलफुल व्यवसायी लगायतका विभिन्न व्यवसायमा संलग्न १० जनालाई विधुतीय तराजु वितरण गरीएको थियो । उक्त कार्यक्रममा वडा नं १ कै जनप्रतिनिधी महिला सदस्य निर्मला विक, नेपाल पिछडा वर्ग बेलबारी नगर अध्यक्ष रामपरी शाह, बजार व्यवस्थापन समितीका अध्यक्ष भगवती वन, सदस्य रोधा पराजुली लगायतको उपस्थीति रहेको थियो । कार्यक्रमको सञ्चालन भने नेपाल पिछडा वर्ग नगर उपाध्यक्ष श्याम कुमार शाहले गर्नुभएको थियो ।

Facebook Comments
Show More

Related Articles