nirantarkhabarसमाज

पहिलो पटक गाँउमा पशु स्वास्थ्य शिविर

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

उत्तम पोख्रेल
बेलबारी ÷बेलबारी ७ का भुन्टे विश्वकर्माका वाख्रालाई खोले घास र पानि दिदा पनि बलिया नभएपछि घरमा भएका सवै वाख्रा लिएर पुरानो वाहुनि बजारमा आए । पहिलो पटक गाँउमै पशु स्वास्थय शिविर गएपछि उनले आफना बाख्राको उपचार गर्नका लागि वाख्रा लिएर वाहुनि बजारमा आएका हुन् । परिश्रमि महिला उधमि सहकारी संस्थाले गरेको स्वास्थय शिविरमा ८ वटा वाख्रा लिएर भुन्टे त्यहाँ पुगेका हुन् । गाँउमै पहिलो पटक पशु स्वास्थ्य शिबिर हुदै छ भन्ने थाहा पाए पछि उनले वाख्रा पाठा सहित पशु चिकित्सकलाई देखाउन आएका हुन् । तीन माउ वाख्रा,तिन वटा वोका र २ वटा साना पाठा लिएर पुगेका उनि गाँउमै स्वास्थ्य शिविर हुदा खुशी समेत देखिन्थे ।
त्यस्तै बेलबारी ७ कै गोपाल कार्की दुई वटा भैसीँका पाडि लिएर उपचार गराउन गएका थिए । घास, खोले पानि, चोकर दैनिक बढाइरहेको छु कार्कीले भने तर जहिले हेर्यो उस्तै देख्छिन् । कार्की जस्तै धेरै कृषकहरुले आफना गोठामा भएका कुखुरा देखी वाख्रा, भैसि, गाई, गोरु लिएर स्वास्थ्य शिविरमा पुगेका थिए ।
शिवरमा गोबर परिक्षण, कृतिम गर्भधारण,बाझोपनाको उपचार,पशु, बन्ध्याकरण, नाम्ले जुकाको औषधि, कुखुराहरुलाई जुकाको औषधि खुवाउने लगायतका सेवा शिविरमा दिएको थियो । बेलबारी नगरपालिका, हेपर इन्टरनेशनल नोपल, अभियान नेपाल र औषधि उत्पादक कम्पनिको सहयोगमा भएको पशु शिबिरमा ६ हजार पशु पक्षिको स्वास्थ्य परिक्ष्ण गरिएको थियो ।

अभयिान नेपालका कार्यक्रम संयोजक हेम श्रेष्ठका अनुसार १ सय ५० वटा पशुहरुको गर्भ परिक्षण गरिएको छ भने १सय १ वटा बन्ध्याकरण गरिएको छ । १८ सय ३५ वटा पशुलाई औषधि वितरण गरिएको छ भने ८ सय पशुलाई विभिन्न रोगको खोप लगाइएको हो । ३ हजार कुखुरालाई औषधि ख्वाइएको छ । निशुल्क औसधि सहतिको स्वास्थय शिविर पहिलो पटक गरिएको परिश्रमिक महिला समुहकी अध्यक्ष गंगा श्रेष्ठले बताईन् । उक्त शिबिरको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले वाख्रालाई औषधि खुवाएर उद्घाटन गरेका थिए ।

Facebook Comments
Show More

Related Articles