मनोरञ्जन

बेलबारी आईडलमा छानीए उत्कृष्ट दश

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

बेलबारी, शनिबार २५ जेठ/   बेलबारीमा जारी गायनको प्रतिष्पर्धात्मक कार्यक्रम ‘सुर सप्तक बेलबारी आइडल’को उत्कृष्ट १० छनौट गरीएको छ । उत्कृष्ट १० मा छनौट हुने प्रतियोगीहरुमा बेलबारी वाड न ४ का विवेश मोते, वार्ड न २ की कुमारी विक, वार्ड नं ६ की ईया राई, वार्ड नं ३ की लक्ष्मी पौडेल, वार्ड नं ११ का रवि दाहाल, वार्ड नं ४ का विशाल मगर, वार्ड नं २ की अलिमा लिम्बु, वार्ड नं ११ की नविना पोख्रेल, वार्ड नं ४ की सदिक्षा भट्टराई र वार्ड नं ८ की प्रेणिका गुराँगाई रहेका छन् ।

बेलबारी ३ स्थित किराँत राई यायोख्खाको धार्मिक वनमा शनिबार सेमी फाइनल भएको हो ।सेमीफाईनलका निर्णायकहरुमा संगितकर्मि भिम बस्नेत, अनुप दियाली, शेखर थापा मगर र विशाल हुमाँगाईको उपस्थीति रहेको थियो । प्रशिक्षणका क्रममा रहेका २७ जना प्रतिष्पर्धीहरु सेमीफाइनलमा सहभागी भएका थिए । २७ जनामध्ये बाट उत्कृष्ट १० जना छानीएको हो । अब यीनै उत्कृष्ट १० मध्येबाट असार १४ गते सुरसप्तक बेलबारी आइडल छानिनेछन् ।

आइडल विजेता (प्रथम)ले २५ हजार,सह विजेता (दोस्रो) हुनेले १५ हजार र उपविजेता (तेस्रो) हुनेले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी गराएको छ ।
आइडलमा उत्कृष्ट हुनेहरुका लागि केहीले व्यक्तिगत रुपमा पनि विभिन्न सहुलियत र पुरस्कार घोषणा गरेका छन् । संगितकार भीम बस्नेतले उत्कृष्ट मध्ये दुईजनाका लागि गित रेकर्डिङ गरिदिनुहुने भएको छ । त्यस्तै गितकार मिलन राई र संगितकार विनोद खम्बुले १ जनालाई गित रेकर्डिङ गरिदिनुहुने भएको छ । बेलबारीकै मोडल अमर खडकाले पनि एक जनाको गित रेकर्डिङ र भिडियो निर्माण गरिदिने घोषणा गरेको कार्यक्रम संयोजक जेबी थुलुङले जानकारी दिनुभएको छ ।
संगितकर्मीहरु पुरन कुलुङ,मेखराज कार्की,टेकराज मगर,जेबी थुलुङ र शेखर थापाले सहभागीहरुलाई प्रशिक्षण दिईरहनुभएको छ ।

Facebook Comments
Show More

Related Articles