मनोरञ्जन

पुर्वघोषणा अनुसार बेलबारी आइडलको पुरस्कार राशि बढ्यो, सेमी फाइनलको तयारी पुरा

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

जेठ २३
बेलबारीमा जारी गायनको प्रतिष्पर्धात्मक कार्यक्रम ‘सुर सप्तक बेलबारी आइडल’को आयोजकले पुर्व घोषणा अनुसार पुरस्कारको राशि वृद्धि गरेको छ । अडिसन पश्चात सबै वडाबाट छानिएर आएका प्रतिष्पर्धीहरुका लागि गएको जेठ ३ गते बन्द प्रशिक्षण उद्घाटनका क्रममा आयोजक  स्रष्टा समाज बेलबारीले पुरस्कारको राशि बढाईने घोषणा गरेको थियो ।
पुरस्कार राशि बढेसँगै अब आइडल विजेता (प्रथम)ले २५ हजार,सह विजेता (दोस्रो) हुनेले १५ हजार र उपविजेता (तेस्रो) हुनेले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक स्रष्टा समाज बेलबारीका सचिव तथा कार्यक्रम संयोजक जेबी थुलुङले जानकारी दिनुभएको छ ।
आइडलमा उत्कृष्ट हुनेहरुका लागि केहीले व्यक्तिगत रुपमा पनि विभिन्न सहुलियत र पुरस्कार घोषणा गरेका छन् । संगितकार भीम बस्नेतले उत्कृष्ट मध्ये दुईजनाका लागि गित रेकर्डिङ गरिदिनुहुने भएको छ । त्यस्तै गितकार मिलन राई र संगितकार विनोद खम्बुले १ जनालाई गित रेकर्डिङ गरिदिनुहुने भएको छ । बेलबारीकै मोडल अमर खडकाले पनि एक जनाको गित रेकर्डिङ र भिडियो निर्माण गरिदिने घोषणा गरेको कार्यक्रम संयोजक जेबी थुलुङले जानकारी दिनुभएको छ ।
सुर सप्तक बेलबारी आइडलको सेमीफाइनलको पनि तयारी पुरा भएको छ । बेलबारी ३ स्थित किराँत राई यायोख्खाको धार्मिक वनमा यहि जेठ २५ गते शनिबार सेमी फाइनल हुने भएको छ । अहिले प्रशिक्षणका क्रममा रहेका २७ जना प्रतिष्पर्धीहरु सेमीफाइनलमा सहभागी हुनेछन् । २७ जनामध्ये उत्कृष्ट १० जना छानिने आयोजक स्रस्टा समाज बेलबारीले जनाएको छ । छानिएर आएका उत्कृष्ट १० मध्येबाट असार १४ गते सुरसप्तक बेलबारी आइडल छानिनेछन् ।
वडागत रुपमा सञ्चालित अडिसन बाट छानिएर आएका २७ जना प्रतिष्पर्धीहरुका लागि गत जेठ ३ गतेबाट गोरखा फिल्मसको हलमा बन्द प्रशिक्षण चलीरहेको छ । प्रशिक्षणबाट सहभागीले उर्जा र उत्साह लिँदै आफुलाई अघि बढाईरहेका छन् । प्रतिष्पर्धीहरु टाढा टाढाबाट मेहनतका साथ साइकलमा आउने गरेका छन् भने केही अविभावक आँफैले पनि सहभागीलाई प्रशिक्षण स्थलसम्म ल्याउने र लैजाने गरिरहेका छन् ।संगितकर्मीहरु पुरन कुलुङ,मेखराज कार्की,टेकराज मगर,जेबी थुलुङ र शेखर थापाले सहभागीहरुलाई प्रशिक्षण दिईरहनुभएको छ ।

Facebook Comments
Show More

Related Articles