nirantarkhabarसमाचार

प्रदेश १ कै नमुना नर्सरीको उद्घाटन

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

२२ जेठ । मोरङको सलकपुरमा सव डिभिजन वन नर्सरीको समुद्घाटन भएको छ । ४६ औ विश्व वातावरण दिवसको अवसरमा बुधबार प्रदेश सरकार प्रदेश नं १ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियैतले नर्सरीको उद्घाटन गरेका हुन ।
सव डिभिजन कार्यलय सलकपुरको परिसरमा आयोजित समुद्घाटन कार्यक्रमको आयोजना डिभिजन वन कार्यलय मोरङले गरेको हो । उक्त नर्सरीलाई प्रदेश १ कै नमुना भनिएको छ । नर्सरीमा २ लाख ५० हजार विरुवा उत्पादन गर्न सकिने जनाईको छ । नर्सरीमा मसला, टिक, कपुर, कर्मा, साज, इमीली, बकाइनो, खयर, सिसौ, सतिसाल, रुद्राक्ष, धुपी, अमला, सजिवन, विरेन्द्र फुल, कटहर लगायतका वन विरुवा रहेका छन ।

Facebook Comments
Show More

Related Articles