nirantarkhabarसमाचार

कांग्रेस मोरङ क्षेत्र ३ मा जागरण अभियानको समापन

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

जेठ २२ । नेपाली कांग्रेस मोरङ क्षेत्र ३ मा सञ्चालित जागरण अभियानको बुधबार समापन भएको छ । बेलबारी १ स्थित तमु वुद्धिष्ट गुम्बामा समापन कार्यक्रम आयोजना गरिएको थियो ।

नेपाली कांग्रेसका पुर्व महामन्त्री कृष्णप्रशाद सिटौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रम भएको थियो । नेता सिटौलाले नेपाली कांग्रेसलाई बलियो बनाउन सबै तहका कार्यकर्ता एकजुट हुनुपर्ने बताउनुभएको छ ।
पछिल्लो निर्वाचनमा नेपाली कांग्रेस के कारणले कमजोर बन्यो , किन कमजोर बन्यो भन्ने कुराको समिक्षा गर्दै ती कमिकमजोरीलाई कसरी हटाउदै जाने भन्ने विषयमा कांग्रेस भित्र जागरण ल्याउने उद्देश्यले अभियान चलाईएको आयोजकले जनाएको छ ।
नेपाली कांग्रेसका क्षेत्रीय सभापति गणेश खड्काको सभापतित्वमा कार्यक्रम भएको थियो ।

Facebook Comments
Show More

Related Articles