समाचार

बेलबारी अब प्लाष्टिक मुक्त

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

जेठ २२
विश्व वातावरण दिवसको अवसर पारेर बेलबारीलाई प्लाष्टिक झोला मुक्त घोषणा गरिएको छ । नगरपालिकामा बुधबार एक विशेष कार्यक्रम नै आयोजना गरेर प्लाष्टिक मुक्त घोषणा गरिएको हो । घोषणा कार्यक्रममा मेयर ज्ञानेन्द्र सुवेदी, उपमेयर ढाकाकुमारी पराजुली र प्रमुख प्रशासकिय अधिकृत प्रदिप शाहले डस्टविनमा पलाष्टिकका झोला हालेर बेलबारी प्लाष्टिक मुक्त भएको जनाउ दिएका थिए ।
प्लाष्टिक मुक्त घोषणाको तयारी स्वरुप यसअघि विभिन्न चरणमा कार्यक्रमहरु अयाोजना गरिएका थिए । मानविय स्वास्थ्य र वातावरणिय स्वच्छताका लागि प्लाष्टिक घातक हुने भएकाले प्लाष्टिक मुक्त घोषणा गर्नुपरेको मेयर सुवेदीले । प्लाष्टिक मुक्त नगर घोषणा भएको कुरालाई दिगो रुपमा कार्यान्वयन गर्न सबै लाग्नुपर्ने भन्दै सरोकारवाला सबै पक्षलाई सुवेदीले आग्रह समेत गरेका छन् ।
अब नगरपालिकामा प्लाष्टिकका झोेला किन बेच गर्न नपाइने नगरपालिकाका प्रबक्ता समेत रहेका योगेन्द्र सुवेदीले बताए ।
प्लाष्टिक मुक्त नगर घोष्णा गर्नका लागि नगरपालिकाले २०७५ चैत्र १० गते देखीनै कार्यालय परिसरमा वोतलको पानी प्रयोगमा प्रतिबन्द लगाइ सकेको छ । प्लाटिकका झोलाले मानव स्वास्थ्यदेखि वातावरणमा समेत असर पुर्याउने, जनावारदेखि मानव स्वास्थ्यमा समेत प्लाष्टिकको झोलाले असर पु¥याउने विज्ञहरुको भनाइ रहेको छ ।

Facebook Comments
Show More

Related Articles