समाचार

बेलबारीमा अब जताततै बेलका रुख

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

जेठ २२
बेलको रुखसँगै जोडिएको बेलबारीको पहिचानलाई अझ बढी चम्काउन हजारौं बेलका विरुवा रोप्ने योजनाका साथ अभियान सुरु भएको छ । यसै सन्दर्भमा ४६ औं विश्व वातावरण दिवसको अवसर पारेर ४६ वटा बेलका विरुवा रोपिएको छ । बुधबार अमना सिसौली सामुदायिक वन उपभोक्ता समुहको आयोजना तथा बेलबारी जेसिजको सहआयोजनामा भएको वृक्षारोपण कार्यक्रममा बेलका विरुवा रोपिएको हो । बेलबारीको पशुहाट सँगै रहेको लोहन्द्रा खोला किनाराको जग्गामा वृक्षारोपण कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले एक आर्थीक बर्षमा १० हजार वेलका विरुवा विरुवा रोप्ने घोषणा समेत गर्नुभएको छ ।
नगरपालिकाको पहिचान जोडिएको बेलवाट आम्दानि समेत गर्न सकिने वहुउपयोगी भएकाले खोलामा तटबन्धन गरेर करिडोर बनाएर खोलाको छेउमा वेलको विरुवा रोपिने योजना तथा कार्यक्रम नै रहेको सुवेदीले बताउनुभएको हो ।
अमना सिसौलि सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष लिला प्रसाद आचार्यले वहुउपयोगी बेल हुर्काउन सके बेलबारी पहिचान फैलिने र आम्दानी पनि बढ्ने भएकाले यस्तो अभियान सुरु गरिएको बताउनुभयो । बेललाई वहुआयमिक विरुवाको रुपमा लिन सकिने सव डिभीजन वन कार्यालय बेलबारीका प्रमुख सत्रुधन लाल देवले बताउनुभयो । बेलबारी जेसिजका अध्यक्ष दिपेन्द्र खुलालले कार्यक्रममा स्वागत गर्नुभएको थियो । समुहकी सचिव विन्दुकला गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Facebook Comments
Show More

Related Articles