खेलकुदबिबिध

कानेपोखरी गाउँपालिकामा खेल सप्ताहा हुने

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

कानेपोखरी(मोरङ) २० जेठ । मोरङको कानेपोखरी गाउँपालिकाले जेठ २५ देखि असार १ गते सम्म खेलकुद सप्ताहाको आयोजना गर्ने भएको छ ।
सोमबार गाउँपालिकामा पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी गराइएको हो । खेलकुद सप्ताहा अन्तरगत अध्यक्ष कप फुटबल, भलिबल, ब्याडमिन्टन ,क्रिकेट,बुद्धिचाल(चेस)म्याराथुन र एथलेटिक्स प्रतियोगिता हुने गाउँपालिका स्तरीय खेलकुद समितिका संयोजक भूपाल श्रेष्ठले बताउनु भयो । खेलकुद विकास र खेलाडीको पहिचानका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा १५ लाख रुपियाँ विनियोजन गरेको थियो । यस्तै अध्यक्ष कप फुटबलका लागि ४ लाख रुपियाँ छुट्याइएको छ । सोही रकमले प्रतियोगिता हुन लागेको हो । गाउँपालिकाका ७ वाडले सबै प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
अध्यक्ष कप कानेपोखरी–७ स्थित जनकल्याण माविको खेल मैदानमा हुनेछ । फुटबल खेलको ब्यवस्थापन स्थानीय मितेरी युवा क्लवले गर्नेछ । यसैगरी भलिबल र क्रिकेट कानेपोखरी–६ को जनसेवा माविको खेलमैदानमा हुनेछ ।
खेल सप्ताहा अन्तरगत महिलाको मैत्रीपूर्ण खेल र रेफ्री प्रशिक्षण समेत हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
पत्रकार सम्मेलन गाउँपालिका प्रमुख ताराबहादुर काफ्लेको अध्यक्षतामा भएको थियो ।

Facebook Comments
Show More

Related Articles