nirantarkhabarसमाचार

भ्रष्टाचार बिरुद्ध राष्ट्रिय अभियान थालेको जनमुक्ति पार्टीले बेलबारीमा गर्याे हस्ताक्षर संकलन

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

२० जेठ । भ्रष्टाचार बिरुद्ध राष्ट्रिय अभियान थालेको राष्ट्रिय जनमुक्ति पार्टीले मोरङको बेलबारीमा हस्ताक्षर संकलन कार्यक्रम सम्पन्न गरेको छ । जेठ १५ देखि भ्रष्टाचार बिरुद्ध राष्ट्रिय अभियान प्रारम्भ गरेको पार्टीको जिल्ला कार्यसमिति मोरङले सोमबार बेलबारी ३ सानिमा बैंक अगाडी कार्यक्रमको आयोजना गरेको हो ।

१६ गते गछियामा कार्यक्रमको आयोजना गरेको र शुक्रबार उर्लाबारीमा कार्यक्रमको आयोजना हुने मोरङ जिल्ला अध्यक्ष चन्द्र कुमार लिम्बुले जानकारी दिए ।
भ्रष्टाचारलाई देशद्रोह सरहको अपराध घोषणा गरी भ्रष्टाचारीलाई कठोर दण्ड सजाय हुनुपर्ने, भ्रष्टाचार सम्बन्धी मुद्दाको छिटो छरितो ढंगले टुंगो लगाउने सम्पूर्ण अधिकार सहित, स्वायत्त प्रकृतिको विशेष अदालतको व्यबस्था हुनुपर्ने, पंचायती शासनकालदेखि हालसम्मको भ्रष्टाचार प्रकरण र उच्च पदस्थ व्यक्तिहरुको सम्पतिबारे स्वतन्त्र ढंगले छानबीनका लागि शक्तिशाली नागरिक छानबिन आयोग गठन गर्नुपर्ने उसको मुद्दा रहेको छ । २०७५ साल असोज २ गते सरकारलाई पाटीले पेश गरेको ३९ बुँदे ज्ञापनपत्रमा समेत उक्त विषय उल्लेख गरिएको थियो ।

यी मुद्दालाई यथासिघ्र कार्यान्वयनका लागि भ्रष्टाचार बिरुद्ध राष्ट्रिय अभियान मार्फत जेठ १५ गतेबाट गाउँ शहर, सडक सदन र प्रवासमा समेत बहुआयमिक कार्यक्रमहरु संचालन गरिरहेको पाटीले जनाएको छ ।

Facebook Comments
Show More

Related Articles