समाचार

सुन्दरहरैँचाका जनप्रतिनीधी र कर्मचारीका लागि बजेटबारे प्रशिक्षण

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

जेठ १९
सुन्दरहरैँचा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका लागि वार्षिक योजना तथा बजेट तर्जुमा प्रकृया सम्बन्धी ३ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । स्थानिय विकास प्रशिक्षण प्रतिष्ठान को आयोजनामा भएको तालिम जेठ १७ देखि १९ गते आइतबार सम्म इटहरी स्थित उत्सव होटलमा सञ्चालन भएको थियो । तालिममा नगर कार्यपालिकाका सदस्यहरु,विषय र क्षेत्रगत शाखाका प्रमुखहरु र सबै वडाका वडा सचिवहरु सहभागी रहेको सुन्दरहरैँचा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत गणेशप्रशाद दाहालले जानकारी दिनुभयो । स्थानिय विकास प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षकहरु जयकृष्ण श्रेष्ठ,योगमाया सापकोटाले प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षणका क्रममा वार्षिक योजना तथा बजेट बाँडफाँड,संसदिय अभ्यास,योजना प्राथमिकिकरण,योजना छनौट लगायत विषयमा सैद्धान्तिक ज्ञान र प्रयोगात्मक अभ्यास समेत गरिएको नगरपालिकाका सामाजिक तथा वातावरण शाखा प्रमुख तिर्थराज घिमिरेले बताउनुभयो ।

Facebook Comments
Show More

Related Articles