समाचार

किशोरीको हत्यापछि फरार आरोपी पक्राउ

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

१९ जेठ । पाँचथरमा एक किशोरीको हत्यापछि फरार रहेका आरोपी झापाबाट पक्राउ परेका छन । हिलिहाङ गाउँपालिका ४ पञ्चमीकी १५ वर्षीया किशोरी शीतल योङहाङको हत्यापछि फरार रहेको भनिएका आरोपी पद्म तामाङ झापाको दमकबाट आइतबार पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरका अनुसार प्रहरीले तामाङलाई झापाको दमकबाट पक्राउ गरेको हो । फाल्गुनन्द गाउँपालिका निवासी तामाङले छिमेकी साथी भगिरथ बाँस्तोलाको सहयोगमा गत वैशाख २९ गते साँझ शीतललाई गाउँमा रहेको खाली घरमा बोलाएर घाँटी रेटी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो । पद्म र शीतलबीच प्रेम सम्बन्ध रहेको र सम्बन्धमा खटपट आएपछि उनकोे हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो । तामाङ पक्राउ परेसँगै हत्याको मूलकारण पत्ता लाग्ने प्रहरीले जनाएको छ ।

तामाङलाई प्रहरीले हत्याको भोलिपल्टै पक्राउ गरे पनि उनी भाग्न सफल भएका थिए । उक्त कार्यालयका साथै जिल्लाका विभिन्न प्रहरी एकाइको सहकार्यमा तामाङलाई पुनःपक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कुँवरले जानकारी दिए ।

Facebook Comments
Show More

Related Articles