समाचार

बेलबारीमा महिलालाई माला बनाउने तालिम

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

जेठ १९
महिलाको उद्यमशिलता विकास गर्ने उद्देश्यले बेलबारी नगरपालिकाले मोतिका माला बनाउने तालिम सञ्चालन गरेको छ । स्वरोजगार र स्वावलम्बी बन्न मद्दत पुगोस भनेर महिलाहरुलाई माला बनाउने तालिम दिन थालेको बेलबारी नगरपालिकाले जनाएको छ । नगरपालिकाको महिला शाखाले आयोजना गरेको एक हप्ते तालिम बेलबारी १ स्थित तमु वुद्धिष्ट गुम्बामा सञ्चालन भैरहको छ । तालिममा माला,पोते बनाउने साथै हातमा लगाउने बाला तथा चुरा पनि बनाउन सिकाइने आयोजकले जनाएको छ । तालिममा बेलबारीका २५ जना भन्दा वढि महिलाहरुको सहभागिता रहेको छ । महिलाहरुलाई स्वरोजगार बनाउदै उनीहरुका आय आर्जन वृद्धि गर्ने विभिन्न कार्यक्रमहरु गर्ने गयिरएकोे बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।

Facebook Comments
Show More

Related Articles