समाचारसमाज

सुन्दर टोलमा सरसफाई तथा प्लास्टीक निसेधित कार्यक्रम

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

बेलबारी । मोरङको बेलबारी वाड ३ को सुन्दर टोलमा सरसफाई तथा प्लास्टीक निसेधित टोल निमार्ण कार्यक्रम सम्पन्न भएको छ । शनिबार सुन्दर टोल विकास संस्थाले कार्यक्रमको आयोजना गरेको हो ।

सरफाई तथा स्टिकर टास्ने कार्यक्रम नगरपालिकाकार्यलय भवनबाट सुरु भएर टोलको परिक्रमापश्चात सोहीस्थानमा कोण सभामा सम्पन्न भएको थियो । कार्यक्रममा सयौको संख्यामा युवा देखी बृद्ध सम्मका टोल बासीहरुको उपस्थिती रहेको थियो ।
कोण सभामा टोल विकास संस्थाको आमा समुहका सल्लाकार संयोजक सकुन्तला सुबेदी र टोल उपभोक्ता समितिका अध्यक्ष शालिक राम ढकालले भौतिक विकास कार्य सम्पन्नबारे जानकारी साथै आर्थिक बारे सार्वजनिक गरेका थिए ।

सुन्दर टोल विकास संस्थाकाअध्यक्ष खनेन्द्र कुमार राईले कोण सभालाई सम्बोधन गर्दै एक ब्यक्तिको घर मात्र सफा भएर नहुने टोल टोल र नगरपालिकाका नै सफा हुनुपर्ने, हैन भने फोहोरबाट लाग्ने रोगको संक्रमडबाट कोही अछुतो रहन नसक्ने भन्दै सरसफाई कार्यक्रम निरन्तर गर्दै जानुपर्ने बताए । टोल विकास संस्थाले चरणबद्ध रुपमा सरसफाई कार्यक्रमगरि रहेको र यस पटकको तेस्रो चरणको सरफाई कार्यक्रम सम्म आईपुग्दा स्थानियहरुको टोल सरसफाईमा धेरै ध्यान केन्द्रतभएको र टोल पनि फोहोर मुक्तहुदै गएको अध्यक्ष राईले बताए ।
टोलले टोलभित्र कुनै पनि सुर्ति तथा मदिरा जन्यपदार्थ सार्वजनिक स्थलमा खान नपाउने र शैक्षिक क्षेत्रमा निसेध नै गरेको छ ।

Facebook Comments
Show More

Related Articles