nirantarkhabarसमाचार

कसैलाई असर नपर्ने गरी प्रदेशको नामकरणः मुख्यमन्त्री

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

जेठ १५, बेलबारी । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले कसैलाई असर नपर्ने गरी प्रदेशको नामकरण गर्ने बताएका छन । बुधबार मोरङको बेलबारीमा किरात राईहरुको उभौली पर्वको अवसरमा गरिएको उभौली कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन ।

मुख्यमन्त्री राइले प्रदेशको राजधानी समेत सहमतिका आधारमा घोषणा गरिएकाले नामकरण गर्दा पनि कसैलाई असर नपर्ने गरी हुने बताए । नामकरणका लागि छलफल भइरहेको समेत उनले बताए ।

मोरङको बेलबारीमा नेपालकै सम्भवत अग्लो यलम्बर सालिक अनावरण गरिएको छ । किरात राईको उभौली कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का मुख्यमन्त्री राईले पहिलो किरात राजा यलम्बरको सालिकको अनावरण गरेका हुन । ८ लाख रुपैयाँ लागतमा शालिक निर्माण गरिएको किरात राई यायोख्खा बेलबारीले जनाएको छ ।
किरात राई यायोक्खा नगर कार्य समितिले बुधबार बेलबारी ३ मा रहेको किरात राई यायोक्खा धार्मिक वनमा आयोजना गरेको उभौली कार्यक्रममा वनभित्र बनेको बालउद्यानको उद्घाटन र किरात राई यायोक्खाको गतिबिधि समेटिएको स्मारिका विमोचन समेत संपन्न भएको छ ।
किरात राईहरुको उभौली पर्वको अवसरमा गरिएको कार्यक्रममा पुर्वका विभिन्न स्थानबाट उपस्थित भएका झाँकि समेत प्रस्तुत भएको थियो ।
किरात राई यायोक्खा नगर कार्य समिति बेलबारी अध्यक्ष जितुमान राईको सभापतित्वमा संपन्न कार्यक्रममा बेलबारी नगरपालिका प्रमुख ज्ञानेन्द्र सुवेदी, उपप्रमुख ढाका कुमारी पराजुली लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments
Show More

Related Articles