nirantarkhabarअर्थसमाचार

तातोपानी नाका सन्चालनमा

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

१५ जेठ । २०७२ सालको भुकम्पपछि बन्द भएको नेपाल चीन नाका तातोपानी सन्चालनमा आएको छ । ०७२ साल वैशाख १२ को विनाशकारी भूकम्पपछि चीनले एकतर्फी बन्द गरेको नाका बुधवार देखी खुला भएको हो ।

नेपाल र चीन जोड्ने मितेरी पुलमा उद्योगमन्त्री मात्रिका यादव र चीनको स्वशासित क्षेत्र तिब्बत सरकारका उपमन्त्री तथा चिनियाँ राजदूतको उपस्थितिमा उन बोकेका चारवटा ट्रक नेपालतर्फ पठाइ उद्घाटन गरिएको हो ।
नाका सञ्चालनमा आए पनि तत्कालका लागि मालबाहक ट्रकमात्र आवात–जावत हुनेछन् । मानिसहरुलाई आवत–जावत गर्न भने तत्काल दिइने छैन । २०७२ को भूकम्पले ध्वस्त सो क्षेत्रमा अझै पनि जोखिम नटरेकाले मानिसहरुको आवात जावतमा तत्कालका लागि रोक लगाइने चिनियाँ अधिकारीहरुको भनाइ छ । भूकम्प अघिसम्म नेपालीहरु नेपाल–चीन मितेरी पुल पार गरेर चिनियाँ बजारसम्मै पुगेर सामानहरु किन्न पाउँथे ।

चीनबाट सामान बोकेर आउने ट्रकहरु नाकाभन्दा झण्डै ७ किलोमिटर वर लार्चामा निर्माण गरिएको सुक्खा बन्दरगाहमा खोलिने छन् । र, त्यहीँबाट व्यापारीहरुले आफ्ना सामान अन्यत्र ढुवानी गर्नेछन् ।

Facebook Comments
Show More

Related Articles