nirantarkhabar

विज्ञ भन्छन : बेलबारीका सिमसारमा बेलका विरुवा

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

जेठ ११
बेलबारीका सिमसारहरुमा छुट्टै पहिचान झल्काउन बेलका विरुवाहरु रोप्न विज्ञहरुले सुझाव दिएका छन् ।बेलबारीको पहिचान सँग जोडिएको हुनाले बेलका विरुवा रोप्नुपर्ने विज्ञहरुको सुझाव छ ।
बेलबारी नगरपालिकालाई सिमसारको नगरपालिका बनाउनका लागि गठित बिज्ञहरुको समुहले शनिबार जनप्रतिनिधिहरु सँगको छलफलका क्रममा बेलबारीलाई छुटै पहिचानको नगरपालिका बनाउन सकिने सुझाव पनि दिएका छन् ।
पर्यटकिय गुरुयोजना (डिपिआर) निर्माण गरेर नगरपालिकालाई बुझाउनु अगाडि जनप्रतिनिधिहरु संगको छलफलमा बिज्ञहरुले बेलबारीमा रहेका सिमसारहरु छुटै प्रकृतिको रहेका पनि बताए ।
सिमसारको अवस्था हेरेर प्रकृति सुहाउदो वृक्षारोपण गर्न र सिमसारसँग जोडिएर आउने धार्मिक तथा सांस्कृतिक पक्षलाई पनि जोगाउन विज्ञहरुको सुझाव छ ।
प्राध्यापक डाक्टर दामोदर थापा क्षेत्री, डाक्टर सोमप्रसाद खतिवडा, डाक्टर भविन्द्र निरौला, डाक्टर अर्जुन बराल, रामचन्द्र अधिकारी, अर्जुन थापालगायत बिज्ञहरुले बेलबारीमा पर्यटनमा सिमसारको सम्भावना रहेको समेत बताएका छन् ।
बेलबारीमा १ मा रहेको अमना सिमसारमा बेलका विरुवा रोप्नु पर्ने समेत उनिहरुले जनाएका छन् । बेलबारीको पहिचान सँग जोडिएकाले उक्त सिमसार क्षेत्रमा बेलका विरुवा रोप्नु पर्ने बिज्ञ राम चन्द्र अधिकारीेले बताए ।
धनपालथान, धनपालगढी, महाराजथान भव, जाल्पादेवी भव, लगायतका सिमसारलाई धार्मीकरुपमा विकास गर्नु पर्ने समेत जनाइएको छ ।
सवै सिमसार लाई पिकनिक स्पट र पार्कका रुपमा विकास गर्न नहुने समेत उनिहरुले बताएका छन् । बेलबारीमा बेतना सिमसार ,भुलभुले,कुइरीखोला, मखनपोखरी, गयलपोखरी झलझलीबाँध, हाँडीदह लगायतका सिमसारहरू रहेका छन् ।
‘बेलबारीमा पर्यटनका सम्भावना तथा आधारहरू धेरै छन्’, विज्ञ रामचन्द्र अधिकारीले भने, ‘त्यसका लागि डिपिआर निर्माण अन्तिम चरणमा रहेको छ ।’ डिपिआर निर्माण गर्दा केहि सिमसार क्षेत्रलाई धार्मीक तथा सास्कृतिक पक्षलाई समेत ध्यान दिएको बताइएको छ । २१ वटा सिमसार रहेका बेलबारीमा केहि क्षेत्रलाई सिमसार तथा पार्क समेत एकै स्थान नराख्न बिज्ञको टोलिले सुझाव दिएका छन् । बिज्ञहरुले दिएको सुझावका आधारमा सिमसार क्षेत्र वाट पर्यटन प्रबर्धनका गर्ने बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदिले बताए । सिमसार क्षेत्रमा संरचना निर्माण भन्दा पनि अर्गानिकतलाई ध्यान दिने मेयर सुवेदीले बताए ।

Facebook Comments
Show More

Related Articles