nirantarkhabarबिबिधसमाचारसाहित्य

बेलबारी कला तथा साहित्य महोत्सव सम्पन्न

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

११ जेठ । बेलबारी साहित्य विकास समितिले मोरङको बेलबारीमा बेलबारी कला तथा साहित्य महोत्सव संपन्न गरेको छ । दुई दिवसीय महोत्सवमा चर्चित साहित्यकार तथा कलाकारहरुको जमघटकाबीच शुक्रबार र शनिबार बेलबारी कला साहित्यमय बनेको थियो ।
१० गते सुक्रबार स्वर्गीक मार्गको सभा भवन लाक्ष्मीमार्गमा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले समुद्घाटन गरेको महोत्सवको बेलबारी नगरपालिकाको सभा भवनमा शनिबार भएको समापन कार्यक्रममा नेपाल पज्ञाप्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीको प्रमुख आथित्यता रहेको थियो । महोत्सवको समुद्घाटनका दिन चित्रकला प्रतियोगिता तथा प्रदर्शनि र बहुभाषी साहित्य गोष्ठी, सिसौली सिमसार अवलोकन लगायतका कार्यक्रम संपन्न भएको थियो ।

बेलबारी नगरका दुई दर्जन चित्रकारहरूले नगरको प्राकृतिक, सांस्कृतिक महत्व झल्कने कलात्मक चित्र बनाएका थिए । यसैगरी अरु विभिन्न विषय र सन्दर्भमा सिर्जना गरिएका चित्रहरु प्रदर्शन गरिएको थियो । सहभागी मध्ये सुमन तामाङ प्रथम,निस्ता राई राई दोस्रो,शृङखला धिमाल तेस्रो भए । रोहन धिमाललाई सान्तवना पुरस्कार प्रदान गरिएको थियो ।
लिम्बू, राई, थारू, मैथिली, गुरूङ, तामाङ, नेपाली, हिन्दी, अंग्रेजीलगायत विभिन्न भाषामा सिर्जना प्रस्तुत गरिएको थियो । महोत्सवका अवसरमा सहभागी हुन आएका देशका विभिन्न क्षेत्रका सर्जकहरुलाई बेलबारी १ स्थित प्राकृतिक सौन्दर्ययुक्त सिसौली सिमसारलगायत पर्यटकीय क्षेत्र अवलोकन समेत गराइएको समिति अध्यक्ष रेखा सुवेदीले बताइन् ।

दोस्रो दिन निगुरो अनलाइन पत्रिका र टि.भि. को सुभारम्भ, कला र साहित्य क्षेत्रका केहि व्यक्तिहरुलाई पुरस्कार वितरण, पुस्तक सार्वजनिकीकरण तथा साहित्य गोष्ठी सम्पन्न भएको छ । महोत्सवमा २५ हजार राशीको ‘बेलबारी साहित्य पुरस्कार’ द्वारा साहित्यकार हर्कमान तामाङलाई प्रदान गरियो । यसैगरी १५ हजार राशीको ‘बेलबारी कला पुरस्कार’ सोमप्रसाद गौतम (श्याम) लाई प्रदान गरिएको थियो । यसै अवसरमा कथाकार धनजीत पराजुलीको कथा संग्रह ‘हुलिया’ सार्वजनिक गरिएको थियो । यसैगरी ‘निगुरो’ अनलाइन पत्रिका र टिभिको शुभारम्भ पनि गरिएको थियो ।

स्थानीय भाषा, कला, साहित्यको उत्थान, बेलबारी नगरको समृद्ध संस्कृति र पहिचान भन्ने नाराका साथ ११ औँ गणतन्त्र दिवसको अवसरमा महोत्सवको आयोजना गरिएको समिति अध्यक्ष सुवेदीले बताइन् ।

Facebook Comments
Show More

Related Articles