समाचार

सहकारी ऐन नियमावली सम्बन्धी गोष्ठी संपन्न

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

११ जेठ, बेलबारी ।

जिल्ला बचत तथा ऋण सहकारी संंघ मोरङलले अध्यक्ष सचिव गोष्ठीको १७ औ श्रृङ्खला संपन्न गरेको छ । सनिबार स्थापनाको २५ बर्ष पुगेको अवसरमा संघले सहकारी ऐन २०७४÷ नियमावली २०७५ सम्बन्धि अन्तक्र्रियात्मक अध्यक्ष सचिव गोष्ठी संपन्न गरेको हो ।

बेलबारीमा रहेको साँस्कृतिक भवनमा भएको कार्यक्रममा ११ वटा संस्थापक सदस्य संस्थालाई संघले सम्मान गरेको थियो ।  संघका निवर्तमान अध्यक्ष हरि प्रसाद सुवेदीले सहकारी नियमावली २०७५ को कार्यपत्र प्रस्तुत गरेको कार्यक्रममा २ सय ५० भन्दा बढी संघका सदस्य संस्थाका अध्यक्ष र सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहकारी संस्थाको गठन,बचत तथा ऋण सहकारी संस्थाको मापदण्ड,कार्यक्षेत्र सम्बन्धी ब्यबस्था,लगायत बिबिध बिषयमा अन्तरक्रिया र छलफल समेत भएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संंघका कोषाध्यक्ष केशव प्रसाद पोख्रेलको प्रमुख आथित्यतामा संपन्न कार्यक्रमको बिशिष्ट अतिथिका रुपमा कानेपोखरी गाउपालिकाका अध्यक्ष तारा बहादुर काफ्ले रहनुभएको थियो भने संघका मोरङ जिल्ला अध्यक्ष सोमनाथ निरौलाको सभापतित्वमा कार्यक्रम संपन्न भएको थियो ।

Facebook Comments
Show More

Related Articles