समाचारसाहित्य

बेलबारीमा कला साहित्य महोत्सव शनिबार पनि

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

जेठ ११
बेलबारी कला साहित्य महोत्सव बेलबारीमा शुक्रबार बाट सुरु भएको छ । बेलबारी साहित्य विकास समितिको आयोजनामा भएको महोत्सवको बेलबारी ११ लक्ष्मीमार्ग स्थित स्वर्गिक मार्गको सभा भवनमा उद्घाटन भयो । बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले महोत्सवको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा साहित्यकार तथा समालोचक डाक्टर राजेन्द्र सुवेदी,डाक्टर वद्रीविशाल पोखरेल,प्राज्ञ गंगा सुवेदी लगायतको पनि सहभागिता रहेको थियो ।
पहिलो दिन चित्रकला प्रतियोगिता र वहुभाषी साहित्य गोष्ठी आयोजना भयो । २६ विद्यार्थी चित्रकला प्रतियोगितामा सहभागी भएका थिए । सहभागी मध्ये सुमन तामाङ प्रथम,निस्ता राई राई दोस्रो,शृङखला धिमाल तेस्रो भए । रोहन धिमाललाई सान्तवना पुरस्कार प्रदान गरिएको थियो ।
वहुभाषी साहित्य गोष्ठीमा स्रस्टाहरुले आफ्ना मातृभाषामा सिर्जना प्रस्तुत गरेका थिए । लिम्बू,राई,थारू,मैथिली,गुरूङ,तामाङ,नेपाली,हिन्दी लगायत भाषामा सिर्जना प्रस्तुत भएका थिए । महोत्वस शनिबार सम्म चल्ने छ । मौलिक भाषा तथा कलाको समेत उत्थान गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बेलबारी साहित्य विकास समितिकी उपाध्यक्ष तिला लेकालीले जानकारी दिइन् । समितिकी अध्यक्ष रेखा सुवेदीको सभापतित्वमा उद्घाटन कार्यक्रम भएको थियो ।महोत्सवको समापन शनिबार हुँदैछ । बेलबारी नगरपालिकाको हलमा महोत्सवको समापन समारोह सम्पन्न हुनेछ । समारोहमा विभिन्न जिल्लाका साहित्यकार ,कलाकार लगायतको उपस्थिति रहने आयोजकले जनाएको छ ।

Facebook Comments
Show More

Related Articles