खेलकुद

बेलबारी मेयर कपको उपाधी वडानम्बर ८ लाई

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

जेठ ९
मोरङको बेलबारीमा सम्पन्न दोस्रो मेयर कप अन्तर वडा फुटबल प्रतियोगिताको उपाधी वडा नम्बर ८ ले जितेको छ । डिफेन्डिङ च्याम्पियन वडा नम्बर १ लाई टाइबे्रकरमा पराजित गर्दै ८ ले उपाधी कब्जा गरेको हो । बेलबारी ४ स्थित वेतना खेलमैदानमा सञ्चालित प्रतियोगिताको विहिबार भएको फाइनल खेलको निर्धारित समयमा एक एक गोलको बराबरी भएपछि टाइब्रेकर भएको थियो । मेयरकपको पहिलो संस्करणको उपविजेता रहेको वडानम्बर ८ ले टाइबे्रकरमा पुर्वविजेतालाई ४–३ गोल अन्तरले पराजित गरेको हो । फाइनल खेलको म्यान अफ दी म्याच विजेता टिमका विक्रम लिम्बु भए ।
प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छन भने उपविजेताले नगद ५१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छन् । यस्तै विजेता टिमकै अरुण लिम्बु प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बने । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । वडानम्बर ४ का शेखर लिम्बु
उदियमान खेलाडिको रुपमा पुरस्कृत भए । उनले नगद २ हजार पाँच सय रुपैयाँ प्राप्त गरे । बढी गोल गर्ने वडानम्बर ६ का जोन मगर,उत्कृष्ट गोल किपर वडानम्बर ८ का छिरिङ तामाङ, उत्कृष्ट डिफेन्स ८ कै सुरेन्द्र खवास,उत्कृष्ट मिडफिल्डर वडा नम्बर १ का विबेक पौडेल,उत्कृष्ट स्ट्राइकर वडा नम्बर १ कै आमोश मगर र उत्कृष्ट प्रशिक्षक वडा नम्बर ८ का सन्देश गुरुङ घोषित भए भने उनीहरु सबैले जनही ५ हजार रुपैयाँ प्राप्त गरेको बेलबारी मेयर नगर कप आयोजक समितिका सचिव मिलन राईले जानकारी दिए ।
बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी र उप मेयर ढाका कुमारी पराजुलीले विजेता उपविजेताहरुलाई पुरस्कार वितरण गरेका थिए । ‘जुट्छ, खेल्छ अनि अगाडि बढ्छ बेलबारी’ भन्ने नारा दिएर गत बैशाख ३१ गते देखी मेयर कप सुरु भएको थियो ।

Facebook Comments
Show More

Related Articles