समाचार

सुन्दरहरैँचामा फेरी ट्रिपरले लियो ज्यान

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

जेठ ९
मोरङको सुन्दरहरैचा १० मा ट्रिपरको ठक्कर वाट एक जनाको मृत्यु भएको छ । को १ ख ४३५५ नम्बरको ट्रिपरको ठक्कर वाट विहिबार १ जनाको मृत्यु भएको हो । ट्रिपरले ठोक्काउँदा मे ५ प ५५०० नम्बरको मोटरसाइकल चालक केरावारी ९ देविझोडा बस्ने अन्दाजी ४८ वर्षका बम बहादुर बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
केराबारीबाट खोर्साने तर्फ आउँदै गरेको ट्रिपरले विपरीत दिशामा रहेको सो मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका बस्नेतको विपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरी पोष्ट बेलबारीका प्रमुख लिला श्रेष्ठले बताए । ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस्नेत देवालि मनाउन केराबारी जाँदैथिए ।

Facebook Comments
Show More

Related Articles