समाचार

बेतनाका कछुवा मानिससँगै खेल्छन्:पर्यटक रमाउँदा विज्ञहरु चिन्तित

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

जेठ ९
विश्व कछुवा दिवसको सन्दर्भमा बेलबारी स्थित बेतना सिमसारको चर्चा नहुँदा विशेष र महत्वपुर्ण कुरा छुट्न जान्छ । किनभने आज भन्दा करिब ७० वर्ष अघि सम्म नेपालमा कछुवाको संख्या र प्रजाति अहिलेको भन्दा दोब्बर थियो भनेर यसबारे अध्ययन अनुसन्धान गरेका विज्ञहरु बताउँछन् । आज कछुवाको संख्या घटेर अस्तित्व नै सकिने होकी भन्ने चिन्ता व्याप्त रहिरहेको अवस्थामा बेतना सिमसार अहिले पनि कछुवाको उत्तम वासस्थानको रुपमा रहेको छ । अझ मयुरपंखी जातको कछुवाको लागि त दक्षिण एसियाभरीकै एक मात्रै प्राकृतिक वासस्थान बेतना भएको यसबारे अध्ययन गर्नेहरु बताउँछन् । बेतनामा सुन कछुवा,ढकने कछुवा लगायत प्रजाती पनि बस्दछन् ।बेतनामा रहेका कछुवाहरुबारे अनुसन्धान गरेका दिव्यराज दाहालका अनुसार कछुवाहरुले खाएर बाँच्ने मात्रै हैन् सहज र प्राकृतिक रुपमा प्रजनन् सँग सम्बन्धित सम्पुर्ण चरणहरु पुरा गर्न उपयुक्त हुने बासस्थान प्राकृतिक बासस्थान हो । मयुरपंखी जातको कछुवाको लागि यस्तो सुविधासहितको बासस्थान बेतना मात्रै रहेको दाहालको भनाई छ ।
संरक्षणविद् एवम् सरिसृप र उभयचर प्राणीहरुकै विषयमा विद्यावारीधी गर्नुभएका डाक्टर के आर खम्बुले पनि बेतना कछुवाका लागि अत्यन्तै महत्वपुर्ण रहेको बताउनुहुन्छ । बेतना सिमसारमा डाक्टर खम्बुले पनि अनुसन्धान गर्नुभएको थियो । पुर्वकै भुगोलमा यस्ता जिवहरुको लामो समय सम्म अध्ययन गर्नुभएका डाक्टर खम्बुका अनुसार बेतना सिमसार लगायत पुर्वमा केही त्यस्ता सिमसारहरु छन् जहाँ कछुवाको अस्तित्व जोगाउँदै संख्या समेत बढाउन सम्भव छ ।
बेतनाका कछुवा घरपालुवा जस्तै
तर बेतना सिमसारका कछुवा भने घरपालुवा जस्तै बन्न थाले भनेर विज्ञहरुले चिन्ता पनि व्यक्त गरेका छन् । सिमसारमा घुम्न आउने पर्यटकहरु मानिसले खाने विभिन्न प्रकारका खाद्य पदार्थ भुजा,न्युटेला दिने र कछुवा पनि त्यस्तै खानेकुरामा रमाउने गरेका छन् । यस्तो गतिविधिले कछुवाको प्राकृतिक अवस्था र जिवनशैलीमा नकारात्मक असर पार्ने दाहाल बताउनु हुन्छ । कछुवाले प्राकृतिक रुपमा खाने गरेका खाना, हिड्ने बस्ने आफ्नै शैली फेर्दा त्यसले उनीहरुको प्रजनन् देखि हुर्काइ बढाई हुँदै शारिरिक अवस्थामा समेत असर पर्दै भिन्नता आउन सक्दछ ।
कछुवाका लागि सहज प्राकृतिक वासस्थानको विकास गर्ने हो भने त्यस्तो ठाउँमा मानविय गतिविधि,होहल्ला हुने,कछुवालाई छुने चलाउने जस्ता गतिविधि हुन नहुने डाक्टर के आर खम्बु बताउनुहुन्छ । बेतना सिमसारमा राजमार्ग र बेतना पुलसँगै जोडिएको ठुलो दह कछुवाको लागि राम्रो बासस्थान रहेको डाक्टर खम्बु बताउनुहुन्छ । डाक्टर खम्बु भन्नुहुन्छ‘ राजमार्गमा दिनरात गुड्ने गाडीका आवाज,कम्पन थर्कन जस्ता कुराले पनि कछुवाको दैनीकी,प्रजनन् जस्ता कुरामा असर पार्दछ यो चुनौतीको विषय हो ।’
मानविय गतिविधि र मेसिनहरुबाट सिर्जित होहल्लाहरु बन्द गर्न सके कछुवा संरक्षणमा महत्वपुर्ण उपलब्धी हुने विज्ञहरुको सुझाव छ । बेतनालाई कछुवाको प्राकृतिक वासस्थान र प्रजनन् केन्द्रको रुपमा विकास गर्न योजना अनुसार नै काम हुने वेतना सिमसार सामुदायिक वन उपभोक्ता समुहका अध्यष डम्बर बस्नेतले बताउनुभएको छ ।
नेपालमा १५ प्रजातीका कछुवा
डाक्टर के आर खम्बुका अनुसार हाम्रो देशमा कडा खबटे कछुवा र नरम खबटे कछुवा गरी जम्मा १५ प्रजातिहरू पाइएका छन् । यिनीहरूको प्राकृतिक वास स्थान अनुसार पानी कछुवा र पाखे कछुवा गरी दुई समूहमा बाड्न सकिन्छ । यसर्थ यिनीहरूका बास स्थान भनेको सिमसार, खोला, वन, जङ्गल, सिम खेत, धाप,आदि हुन ।
आज भन्दा ६ वा ७ दशक अघिसम्म हाम्रो देशमा पनि अहिलेको भन्दा दोब्बर कछुवाका प्रजातिहरू नेपालमा पाइन्थे । तर यिनीहरूको वास स्थानहरू मानवीय अतिक्रमणको चपेटामा परेर ध्वस्त भएकोले अहिले अवशेषको रूपमा थोरै प्रजाति मात्र रहेको खम्बुको बताउनुहुन्छ ।
अझ बाँकी वासस्थान पनि दिनानुदिन मासिदै गएकोले यी प्रजातिहरू पनि मासिदै जाने चिन्ता बढेको छ । आफ्नो गाउँ घर नजिक भएको सिमसार तथा वन जङ्गललाई अनिवार्य रूपले जोगाउँदै यी मासिनै लागेका कछुवाहरूलाई बाँच्न सहयोग गर्न विज्ञहरुको आग्रह छ ।

Facebook Comments
Show More

Related Articles