nirantarkhabarखेलकुदसमाचार

मेयरकपः उपाधिका लागि वडानम्बर १ र ८ भिड्ने

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

७ जेठ । मोरङको बेलबारीमा जारी वडास्तरीय मेयरकपको उपाधिका लागि वडानम्बर १ र ८ भिड्ने भएका छन । बेलबारी ४ पञ्चज्योति स्कुल सँगै रहेको बेतना खेल मैदानमा जारी प्रतियोगितामा मंगलबार भएको दोस्रो सेमिफाइनलमा वडानम्बर ११ लाई ३–० ले पराजित गर्दै वडानंबर ८ फाइलन प्रवेश गरेको हो ।

यस अघि सोमबार भएको पहिलो सेमिफाइनलमा वडानम्बर ४ लाई २–१ ले पराजित गर्दै वडानंबर १ ले फाइलनमा स्थान बनाइसकेको थियो । उपाधिका लागि दुई टोलीले बिहिबार खेल्नेछन ।
गतबर्ष पनि यी दुई टोली फाइनल पुगेका थिए । फाइनलमा वडानंबर ८ लाई पराजित गर्दै १ ले बाजी मारेको थियो ।

प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार रुपैयाँ ट्रफी मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै उपविजेताले ५१ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक समितिका सचिव मिलन राईले जानकारी दिए ।

Facebook Comments
Show More

Related Articles