nirantarkhabarखेलकुदसमाचार

मेयरकपः वडानम्बर १ फाइलनमा

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

६ जेठ । मोरङको बेलबारीमा जारी वडास्तरीय मेयरकपको सोमबारको खेलमा वडानम्बर १ फाइलन प्रवेश गरेको छ । बेलबारी ४ पञ्चज्योति स्कुल सँगै रहेको बेतना खेल मैदानमा जारी प्रतियोगितामा वडानम्बर ४ लाई २–१ ले पराजित गर्दै वडानंबर १ फाइलन प्रवेश गरेको हो ।
सोमबारको खेलमा वडा नंबर १ का विवेक पौडेल म्यान अफ द म्याच घोषित भए । मंगलबार हुने वडा नंबर ११ र ८ बिच दोस्रो सेमिफाइनलमा बिजयी हुने टिमसँग वडानंबर १ ले उपाधिका लागि जेठ ९ गते खेल्नेछ ।
प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार रुपैयाँ ट्रफी मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै उपविजेताले ५१ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक समितिका सचिव मिलन राईले जानकारी दिए ।

Facebook Comments
Show More

Related Articles