nirantarkhabarसमाचार

कांग्रेसले बनायो छाया सरकार

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

जेठ ६ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले ‘छाया सरकार’ गठन गरेको छ । कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सोमबार छायाँ सरकार गठन गरेका हुन् ।

उर्जा समितिको संयोजकमा ज्ञानेन्द्रबहादुर कार्की, परराष्ट्रमा नारायण खड्का, अर्थमा मिनेन्द्र रिजाल, गृहमा दिलेन्द्रप्रसाद बडू संयोजक तोकिएका छन् । शहरी विकासमा उमाकान्त चौधरी, खेलकुदमा किशोर सिंह राठौर, उद्योगमा मीन विश्वकर्मा, शिक्षामा गगन थापा, खानेपानीमा सुजाता परियार, स्वास्थ्यमा पार्वती डिसी चौधरी, पर्यटनमा देवेन्द्र कँडेल, श्रममा डिला संग्रौला, सञ्चार समितिको संयोजकमा बहादुर सिंह लामा तोकिएका छन् ।
भूमिसुधारमा लक्ष्मी परियार, संघीय मामिलामा अतहर कमाल मुसलमान, कृषिमा पद्मनारायण चौधरी, महिलामा उमा रेग्मी, रक्षामा भीमसेनदास प्रधान, भौतिक पूर्वाधारमा सञ्जयकुमार गौतम, वनमा राजेन्द्र केसी र कानुन मन्त्रालयको समितिको संयोजकमा राधेश्याम अधिकारी तोकिएका छन् ।

नेपाली कांग्रेस संसदीय दलको विधानको धारा ९ को उपधारा (५) (क) बमोजिमको छाया सरकारकारुपमा क्रियाशील रही कार्यसम्पादन गर्नका लागि मन्त्रालयस्तरीय समन्वय समिति गठन गरिएको जनाइएको छ ।
कांग्रेसले मन्त्रालयगत काम–कारबाहीको निगरानी गर्न छाया सरकार गठन गरेको हो । कांग्रेसले चुनावमा पराजयभएसँगै सरकारको समानान्तर छाया सरकार बनाउने भन्दै आएको थियो । कांग्रेसले आफ्नो संसदीय दलको विधान संशोधन गर्दै सरकारको कामलाई निगरानी गर्ने गरी छाया सरकार बनाउने व्यवस्था राखेको थियो ।

Facebook Comments
Show More

Related Articles