समाचार

बेलबारी नगरपालिका र साना किसान सहकारीको सहकार्यमा किसानलार्ई धानको बीउ

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

६ जेठ । मोरङ बेलबारी नगरपालिका र साना किसान सहकारी संस्थाको सहकार्यमा किसानहरूलार्ई धानको बीउ वितरण गर्न थालिएको छ । झण्डै ३ सय ५० किसानले १० देखि २० किलोसम्म रञ्जित तथा सुख्खा ३ जातको धानको बीउ पाउने साना किसान सहकारी संस्थाका ब्यबस्थापक बाबुराम खड्काले जानकारी दिए ।

नगरपालिकाको २ लाख ५० हजार र साना किसान सहकारीको १ लाख ५० हजार रुपैयाँ लगानीमा ६ हजार किलो धानको बीउ खरीद गरी किसानलाई वितरण सुरु गरिएको हो । धानको बीउको अभावमा खेत बाँझै रहने अवस्था नरहोस भनेर बीउ वितरण गरिएको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए ।

गत वर्ष पनि नगरपालिकाकै सहयोगमा फलफूलका बिरुवा तथा धानको बीउ वितरण गरिएको साना किसान सहकारी संस्था बेलबारीका व्यवस्थापक खड्काले बताए ।

Facebook Comments
Show More

Related Articles