समाचार

प्रेस युनियन अध्यक्ष बस्नेतमाथी दुव्र्यवहार गर्नेलाई कारवाहीको माग

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

जेठ ५
समाचार लेखेकै विषयमा नेपाल प्रेस युनियन मोरङका अध्यक्ष भोजराज बस्नेतमाथी बेलबारी ११ लक्ष्मीमार्गका विक्रम राईले दुव्र्यवहार गरेका छन् । नेपाली कांग्रेस ११ नम्बर वडा समिति र क्रियाशिल सदस्य सहितको बैठकले राई लगायत लाई कारवाही गर्ने निर्णय गरेको समाचार लेखेको विषयमा राईले बस्नेतमाथी दुव्र्यवहार गरेका हुन् ।
आइतबार साँझ रेडियो बेतनाको काम सकेर पुरानो बेलबारी स्थित सवारी दुर्घटना भएको घटनास्थलमा पुगेका बस्नेतमाथी राईले धम्की सहित दुव्र्यवहार गरेका हुन् । राई अहिले इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेका छन् । नेपाली कांग्रेस ११ नम्बर वडाका त्रियाशिल सदस्यहरुको भेलाले पार्टी निर्णय विपरित काम गरेको भन्दै राई लगायतलाई १ वर्षसम्म निलम्बन गर्ने निर्णय गरेको थियो । कांग्रेस वडा समितिले गरेको निर्णयको माइन्युट सहित प्रकासित समाचारलाई लिएर राईले आक्रोस पोखेका हुन् ।
आफ्ना अध्यक्ष समेत रहेका बस्नेतमाथी दुव्र्यवहार गर्नेलाई कडा कारवाही गर्न रेडियो बेतना र निरन्तर खबर मिडिया गु्रपले माग गरेका छन् । घटना पछि बसेको दुवै संस्थाको आकस्मिक बैठकले समाचारको विषयमा आफ्नो असहमति या ध्यानाकर्षण व्यक्त गर्ने विकल्प हुँदाहुँदै हातपातमा उत्रने मुर्खतापुर्ण काम भएकाले त्यसप्रति घोर भत्र्सना गरेको छ । आफुलाई राजनैतिक व्यक्ति ठान्ने तर राजनैतिक संस्कार भन्दा बाहिर गएर अराजकता देखाउने कामबाट सञ्चार क्षेत्र कहिल्यै नतर्सिएको यथार्थ बुझ्न पनि दुवै संस्थाले सम्झाएका छन् ।

यस्तो थियो राईको विषयमा प्रकाशित समाचार

कांग्रेस बेलबारी ११ नम्बर वडा उपसभापति सहित ३ जना निलम्बित

Facebook Comments
Show More

Related Articles