nirantarkhabarखेलकुदसमाचार

मेयरकपः वडानम्बर ११ सेमीफाइलन प्रवेश

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

५ जेठ । मोरङको बेलबारीमा जारी वडास्तरीय मेयरकपको आइतबारको खेलमा वडानम्बर ११ सेमीफाइलन प्रवेश गरेको छ । वडानम्बर ३ लाई १–० ले पराजित गर्दै वडानंबर ११ सेमीफाइलन प्रवेश गरेको हो ।

वडा नंबर ११ का कासिम राईले पहिलो हाफमा गरेको १ गोल नै निर्णायक बन्यो ।

बेलबारी ४ पञ्चज्योति स्कुल सँगै रहेको बेतना खेल मैदानमा जारी प्रतियोगिता अन्तर्गत सोमबार वार्डनम्बर १ र ४ विच पहिलो सेमिफाइनल खेल हुने आयोजक समितिका सचिव मिलन राईले जानकारी दिए । प्रतियोगितामा बेलबारीका ११ वटै वडाका टिमहरु सहभागी छन । फाइनल खेल जेठ ९ गते हुनेछ । प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार रुपैयाँ ट्रफी मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै उपविजेताले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Facebook Comments
Show More

Related Articles