समाचार

चक्कु प्रहारबाट १ जनाको मृत्यु

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

धनकुटा, जेष्ठ ५ । धनकुटाको महालक्ष्मी नगरपालिका(२ मारेक माझगाउँमा आज चक्कु प्रहारबाट १ जनाको मृत्यु भएको छ । आज बिहान साढे ४ बजेको समयमा महालक्ष्मी नगरपालिका ३ डाँडागाउँ बस्ने बर्ष २२ को सन्तोष थम्फरा लिम्बु र महालक्ष्मी नगरपालिका २ बस्ने बर्ष २५ को घनेन्द्र होहङवा लिम्बु बिच सामान्य बादबिबाद हुँदा घनेन्द्रले रिशको आवेगमा सन्तोषलाई धारिलो हतियार चक्कुले प्रहार गर्दा निजको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

घटनास्थल जिल्ला प्रहरी कार्यालय धनकुटा र प्रहरी चौकी मारेकटहरेबाट प्रहरी टोली खटि गई चक्कु प्रहार गर्ने लिम्बुलाई चक्कु सहित पक्राउ गरी थप अनुसन्धान भईहेको उक्त कार्यालयले जनाएको छ ।

Facebook Comments
Show More

Related Articles