समाचार

ट्रिपर दुर्घटनामा २ को मृत्यु

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

उदयपुर, जेष्ठ ५ गते । उदयपुरको कटारी नगरपालिका १४ घुर्मी–कटारी सडकखण्डको लामीडाँडा भन्ने स्थानमा आज ट्रिपर दुर्घटनामा हुँदा २ जनाको मृत्यु भएको छ । बिहान ५ः४५ बजेको समयमा मिर्चैयाबाट सोलु हाईड्रोपावरको लागि सिमेन्ट बोकेर जाँदै गरेको मुस्कान कम्पनीको बा ४ ख ७००० नम्बरको ट्रिपर ब्याक गर्ने क्रममा सडक देखी अन्दाजी १५ सय मिटर तल दादुरा खोलामा खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा ट्रिपरका सह–चालक सिन्धुली दुधौली नगरपालिका ११ बस्ने बर्ष २० को लीला बहादुर सार्की र ट्रिपरमा सवार कटारी नगरपालिका ५ भोर्ले बस्ने तत्काल नाम थर नखुलेका माईलो भनेर चिनीने अन्दाजी बर्ष २५ को पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । ट्रिपरका चालक सिन्धुली दुधौली नगरपालिका ११ बस्ने बर्ष ४० को हर्क बहादुर सार्की प्रहरीको नियन्त्रणमा रहेका छन् ।

Facebook Comments
Show More

Related Articles