खेलकुद

बेलबारी मेयर कप : वडा १ को जितमा आमोसको ह्याट्रिक

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

जेठ ४
मोरङको बेलबारीमा जारी अन्तर वडा मेयर कप फुटवल प्रतियोगिताको शनिवार भएको खेलमा वडा नम्बर १ बिजयी भएको छ । १ ले वडा नम्बर ५ लाई ३–० गोल अन्तरले पराजित गर्दै सेमीफाइलन प्रवेश गरेको छ । वडा नम्बर १ का आमोस मगरले खेलको ८ औ मिनेटमा एक गोल गर्दै एक खाता खोलेका थिए । उनले २२ औं मिनेटमा पुन अर्को गोल गरेका थिए भने २८ औं मिनेटमा गोल थपेर ह्याट्रिक पुरा गरेका थिए । आमोसको ह्रयाट्रिक नै वडा नम्बर १ को जितको आधार बनेको थियो । डिफेन्डिङ च्याम्पियन १ सँग भिडेको वडानम्बर ५ ले गोल फर्काउन सकेन । ‘जुट्छ, खेल्छ अनि अगाडि बढ्छ बेलबारी’ भन्ने नारा दिएर मेयर कप गरिएको हो । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै, उपविजेताले नगद ५१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक समितिका सचिव मिलन राईले बताए । आइतवारको खेल ११ र ३ नम्बर वडा विच हुने आयोजकले जनाएको छ ।

Facebook Comments
Show More

Related Articles