समाचार

बेलबारीमा अजिङ्गरहरु बारम्बार भेटिँदैछन्,कारण यस्तो छ

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

जेठ ४
बेलबारीमा पछिल्लो समय अजिङगर हरु निकै देखिने गरेका छन् । बस्ती नजिकै,खोला खोल्सी राजमार्ग क्षेत्रमा समेत केही दिन यता बेलाबेलामा अजिङगर फेला परेका छन् । शुक्रबार मात्रै बेलबारी ३ सिम्पाने चौकमा अजिङ्गर फेला पर्यो । स्थानियले सो अजिङगरलाई बेलबारीकै बेतना सिमसारमा लगेर बुझाएका थिए । शुक्रबार विहानको समयमा सिम्पाने चौकमा अजिङगर भेटिएको स्थानिय रोसन कार्कीले जानकारी दिए । ११ दिन अघि रातको समयमा बेतना खोलाको पुल नजिकैबाट राजमार्गमा एउटा अजिङगर बाटो पार गरिरहेको थियो । अजिङगर राजमार्गमा देखेपछि केही सवारीहरु रोकिएर त्यसलाई आफ्नो गन्तव्यमा जान दिएका थिए । ३ हप्ता अघि बेलबारी २ स्थित लालभित्तीमा पनि अजिङगर फेला परेको त्यहाँका स्थानियले बताए ।
गाउँवस्ती नजिक समेत त्यस्ता अजिङ्गरहरु भेटिन थालेपछि सर्वसाधारणमा त्रास,कौतुहलता र जिज्ञासा समेत बढेको छ ।
अन्य सर्पभन्दा धेरै ठुलो आकारको हुने हुँदा यसप्रति धेरैको ध्यान जान्छ । फेरी अजिङगर अन्य सर्प देखिएजसरी बाक्लो रुपमा देखिनेगरीको संख्यामा पनि हुँदैनन् । तर बेलबारीमै यसरी अजिङ्गरहरु फेला परीरहेका छन् ।

बेलबारीमा अजिङगरहरु देखिनुको कारण यस्तो
पुर्वकै भुगोलमा पाइने सरिसृप तथा उभयचर जिवहरुकै विषयमा पिएचडी गर्नुभएका प्राध्यापक डाक्टर के आर खम्बु भने यसलाई सामान्य मान्नुहुन्छ । खम्बुका अनुसार अजिङगर लगायत सर्पहरु चिसो रगत भएका ‘कोल्ड ब्लडेड’ हुन् । शरद रितु अर्थात जाडो याम सुरु भएपछि यीनीहरु शितकालिन निद्रा ‘हाइबरनेसन’ का लागि गुफा पस्ने,जमिन मुनी,प्वालभित्र सुरक्षित ठाउँमा बस्ने गर्दछन् ।
नेपालको सन्दर्भमा कात्तिक महिना देखि माघको अन्तिम सम्म पनि यीनीहरु गुफा बस्ने गर्दछन् र बाहिर निस्कँदैनन् । फागुन लागेसँगै जब बर्षा हुन थाल्छ,मेघ गर्जन थाल्छ र जमिनमा पानीले भिज्ने अवस्था आउँछ त्यसपछि यीनीहरु बिउँझेर गुफा बाट वा जमिनबाट वाहिर निस्कने गर्दछन् । फागुन देखि जेठ महिना भरी यीनीहरु अति सक्रिय हुने गर्दछन् ।
डाक्टर खम्बुका अनुसार यो समयमा यीनीहरुको सक्रियता बढ्नुका ३ कारण छन् । पहिलो यीनीहरु गुफाबाट भर्खर निस्किएको हुनाले खानाको खोजीमा हुन्छन् । दोस्रो आफ्नो बासस्थानको व्यवस्थापनका लागि पनि बढि सक्रिय हुन्छन् र तेस्रो यीनीहरु प्रजनन्को लागि पनि सक्रिय हुन्छन् । यीनीहरुको भाले र पोथीका बिचमा समागम हुने समय पनि यही हो । अजिङगरमात्रै हैन अन्य सर्प र उभयचरहरु पनि यो समयमा भालेले पोथीको खोजी गर्ने र पोथीले पनि भालेको खोजी गर्ने गर्दछन् । यसरी खोजी गर्ने क्रममा अजिङगर हरु जंगल छेउका राजमार्ग,वस्ती र गाउँघरसम्म पनि पुग्ने गर्दछन् । त्यसरी घुम्ने क्रममा नै अजिङगर हरु भेटिएको हुनसक्ने डाक्टर खम्बुको भनाई छ ।

प्राध्यापक डाक्टर के आर खम्बु

अजिङ्गरबाट खतरा हुँदैन् बिचमा बाधामा नपुर्याउँदा राम्रो
अजिङगर विषरहित समेत भएकाले यसबाट डराउनु नपर्ने डाक्टर खम्बु बताउनुहुन्छ । यसमा विच पनि हुँदैन भने आक्रामक पनि हुँदैन् । शरिर ठुलो हुने भएकाले हिड्न समय लाउँछ ।त्यसैले यीनीहरुलाई निर्वाध रुपमा हिड्न दिन डाक्टर खम्बुको सल्लाह छ ।

Facebook Comments
Show More

Related Articles