nirantarkhabarबिबिधसमाचारसाहित्य

बेलबारी कला तथा साहित्य महोत्सव हुने

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

जेठ ३

बेलबारी साहित्य विकास समितिले बेलबारी कला तथा साहित्य महोत्सवको आयोजना गर्ने भएको छ । स्थानीय भाषा, कला, साहित्यको उत्थान, बेलबारी नगरको समृद्ध संस्कृति र पहिचान भन्ने नाराका साथ ११ औँ गणतन्त्र दिवसको अवसरमा जेठ १० र ११ गते महोत्सवको आयोजना हुन लागेको हो ।

१० गते स्वर्गीक मार्गको सभा भवन लाक्ष्मीमार्गमा महोत्सवको समुद्घाटन मेयर ज्ञानेन्द्र सुवेदीले गर्नेछन भने नेपाल पज्ञाप्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले ११ गते बेलबारी नगरपालिकाको सभा भवनमा महोत्सवको समापन गर्नेछन । महोत्सवको समुद्घाटनका दिन चित्रकला प्रतियोगिता तथा प्रदर्शनि र बहुभाषी साहित्य गोष्ठी हुनेछ भने देस्रो दिन निगुरो अनलाइन पत्रिका र टि.भि. को सुभारम्भ, कला र साहित्य क्षेत्रका केहि व्यक्तिहरुलाई पुरस्कार वितरण, पुस्तक सार्वजनिकीकरण तथा साहित्य गोष्ठीको आयोजना हुने बेलबारी साहित्य विकास समिति अध्यक्ष रेखा सुवेदीले जानकारी दिइन ।

Facebook Comments
Show More

Related Articles