nirantarkhabarसमाचार

कांग्रेस मोरङ क्षेत्र नं. ३ द्वारा क्षेत्रिय स्तरका नेताहरुलाइ प्रशिक्षण

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

३ जेठ, बेलबारी । नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ३ ले २ दिने प्रशिक्षण कार्यक्रमको सुरुवात गरेको छ । क्षेत्र नं. ३ को क अन्तर्गत पथरीमा र ख अन्तर्गत लक्ष्मीमार्गमा क्षेत्रिय स्तरका नेताहरुलाई ३ जना प्रशिक्षकहरुले नेपाली काँग्रेसको इतिहास, नेतृत्व बिकास, आगामी नीति तथा कार्यक्रमका बारेमा प्रशिक्षण दिएका छन ।

पथरीको गोर्खा डिपार्टमेन्टको सभाहलमा १ सय ६८ जना र लक्ष्मीमार्गको स्वर्गीक मार्गको सभाहलमा १ सय १८ जना क्षेत्रिय स्तरका नेताहरुलाई राष्ट्रिय प्रशिक्षक उसासिंह मल्ल, प्राध्यापक डा. गोविन्द गुरागाई र केन्द्रिय निति अनुसन्धान प्रशिक्षण प्रतिस्ठान सदस्य केशव निरौलाले प्रशिक्षण दिएको क्षेत्रिय सचिव केदारमणि पौडेलले जानकारी दिए । क्षेत्र नम्बर ३ भरी कांग्रेसलाई चलायमान बनाउने र कांग्रेसका निति सिद्धान्त विधान लगायतबारे जानकारी दिन प्रशिक्षण कार्यक्रम राखिएको क्षेत्रिय सभापति गणेश खड्काले बताए ।

क्षेत्रनम्बर ३ भरी विभिन्न चरणमा प्रशिक्षण कार्यक्रम आयोजना गर्दै दक्ष र प्रशिक्षित कार्यकर्ता उत्पादन गर्ने योजना अनुसार प्रशिक्षण कार्यक्रको आयोजना गरिएको काँग्रेस मोरङ क्षेत्र नं ३ ले जनाएको छ । प्रशिक्षण कार्यक्रम भोलि सनिवार पनि जारी रहने छ ।

Facebook Comments
Show More

Related Articles