nirantarkhabarखेलकुदसमाचार

मेयरकपमा वडा नं ४ बिजयी, ट्राइब्रेकरमा वडा नं १० पराजित

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

जेठ २ । मोरङको बेलबारीमा जारी वडास्तरीय मेयरकपको बिहिबारको खेलमा वडा नं ४ बिजयी भएको छ । ट्राइब्रेकरमा वडा नं १० लाई २ का बिरुद्ध ४ गोल गर्दै ४ नं वडाले यात्रा अघि बढाएको हो ।
बेलबारी ४ पञ्चज्योति स्कुल सँगै रहेको बेतना खेल मैदानमा भएको खेलको निर्धारित समयमा दुवै टिमबाट कुनै गोल हुन नसकेपछि ट्राइब्रेकरबाट निर्णय लिइएको थियो ।
प्रतियोगितामा बेलबारीका ११ वटै वडाका टिमहरु सहभागी छन । फाइनल खेल जेठ ९ गते हुनेछ । प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार रुपैयाँ ट्रफी मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै उपविजेताले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १ हजार ५ सय रुपैयाँ प्रदान गरिने छ । उत्कृष्ट प्रशिक्षक,गोलकिपर,डिफेन्स,मिडफिल्डर,स्ट्राइकर र वढी गोलकर्ता खेलाडीलाई जनही ५ हजार रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिने बेलबारी नगर मेयर कप फुटबल आयोजक समितिका सचिव मिलन राईले जानकारी दिए ।
प्रतियोगितामा शुक्रबार वडा नं ८ र ६ बिच प्रतिस्पर्धा हुनेछ ।

Facebook Comments
Show More

Related Articles