समाचार

मोरङ क्षेत्र नम्बर ३ मा पचास भन्दा धेरै व्यक्ति कांग्रेस प्रवेश

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

जेठ २
मोरङ क्षेत्रनम्बर ३ मा विभिन्न पार्टी छाडेर पचास भन्दा धेरै व्यक्ति कांग्रेस प्रवेश गरेका छन् । कांगे्रेस क्षेत्रिय कार्यसमिति क्षेत्र नम्बर ३ ले सुन्दरहरैँचामा विहिबार आायोजना गरेको क्षेत्र स्तरिय प्रशिक्षण उद्घाटन कार्यक्रममा नवप्रवेशी हरुलाई कांग्रेस नेता शेखर कोइराला,उदय शमशेर राणा,सुनिल शर्मा लगायतले कांग्रेसको झण्डा ओडाएर पार्टी प्रवेश गराउनुभएको थियो ।
कांग्रेस प्रवेश गर्नेंहरुमा पुर्व संघिय समाजवादी फोरम युवा संघ क्षेत्रिय अध्यक्ष रिक्त गुरुङ,जिल्ला सदस्यहरु हिमाल गुरुङ र मोहन राई, पुर्व नेकपा माओवादीका जिल्ला सदस्य ललित राई,पुर्व नेकपा एमालेका जिल्ला सदस्य सनबहादुर लिम्बु,नेकपाका सक्रिय कार्यकर्ताहरु जानसिंह कोइराला,तेन्जिङ शेर्पा, प्रेस चौतारी मोरङका सदस्य राष्ट्रपे्रमी राज पोखरेल हुनुहुन्छ ।

 

कांग्रेस प्रवेश गर्ने अन्यमा विकास लिम्बु,दिपेश धिमाल,प्रविन राई,कुशल मगर,सोमन राई,भुपेश लिम्बु,मन्दिप राई,किरण राई,आसमान मगर, खजेन्द्र गुरुङ,नवराज घले,सनम लामा,सरोज लिम्बु,सानु कार्की,कमल माझी,प्रज्वल गुरुङ, सागरदिप गुरुङ,एलविन राई लगायत हुनुहुन्छ ।
पथरी,बेलबारी लगायत स्थानका युवा तथा महिलाहरु समेतको छुट्टा छुट्टै समुहहरु विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका थिए ।

Facebook Comments
Show More

Related Articles