समाचार

सुन काण्डका अपराधी बालुवाटारले संरक्षण गर्यो : शेखर कोइराला

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

जेठ २
नेपाली कांग्रेसका केन्द्रिय सदस्य डाक्टर शेखर कोइरालाले सुनकाण्डका अपराधीहरुलाई बालुवाटारले संरक्षण गरेको दावी गर्नुभएको छ । कांगे्रस मोरङ क्षेत्रनम्बर ३ ले विहिबार सुन्दरहरैँचामा आयोजना गरेको क्षेत्र स्तरिय प्रशिक्षण उद्घाटन कार्यक्रममा बोल्दै कोइरालाले त्यस्तो दावी गर्नुएको हो । सुुन काण्डमा संलग्न भनिएका केही व्यक्ति पक्राउ पर्दा गृहमन्त्रीले अब ठुला माछा पनि समातिने भनेर संसद मै बोलेको तर त्यो पुरा नभएको भन्दै कोइरालाले बरु पक्राउ परेकाहरु पनि छुट्न थालेको बताउनुभयो । सरकारले भ्रष्टाचारलाई संस्थागत गरेको र लोकतन्त्र मास्ने नियतले न्यायलय लाई निरिह बनाउदै प्रेसलाई पनि नियन्त्रण गर्ने हर्कत गर्न थालेको कोइरालाले बताउनुभयो ।
अर्को प्रसंगमा कोइरालाले नेपाली कांग्रेसलाई बलियो बनाउनु छ भने अधिवेसन गर्नैपर्ने पनि बताउनुभएको छ । ‘कांग्रेसलाई एक ढिक्का बनाउने हो भने अधिवेसनको विकल्प छैन् ।’ कोइरालाले भन्नुभयो‘ तदर्थवादमा कांग्रेस चलाउने हो भने कांग्रेस झन झन कमजोर हुन्छ ।’कम्युनिष्ट सरकारको बेथीती भ्रष्टाचार मनलाग्दी रोक्न र पनि कांग्रेसलाई एक ढिक्का बनाउनुपर्ने कोइरालाले बताउनुभएको छ ।
कार्यक्रममा तरुण दलका पुर्व केन्द्रिय अध्यक्ष एवम् पुर्व अर्थ राज्यमन्त्री उदय शमशेर राणाले ज्ञानेन्द्र र केपी ओली शैलीमा केही फरक नभएको बताउनुभयो । ज्ञानेन्द्रको आफ्नै गल्तिले राजतन्त्र सकिएको र केपी ओलीको यही गतिविधि कायम रहिरहे कम्युनिष्ट पनि सकिने दावी गर्नुभयो । गलत नियतले अघि बढ्दै गरेको यो सरकारलाई जनविरोधी र लोकतन्त्र विरोधी काम गर्न नदिन कै लागी कांग्रेस एक हुनुपर्ने राणाको भनाई थियो ।‘यो सरकारको गलत काम रोक्न सक्ने सामथ्र्य कांग्रेसमै मात्रै छ ।’ राणाले भन्नुभयो‘ लोकतन्त्र जोगाउन र देशलाई सहि बाटोमा हिँडाउन कांग्रेस एक ढिक्का बन्नै पर्छ ।’
कांग्रेस नेता बसन्त भट्टराईले खाइ नखाई दुख गरेर कांग्रेस पार्टीलाई जिवन्त बनाउने कार्यकर्तालाई केन्द्रबाट आउने नेताले मेरो र तेरो भनेर विभाजित गर्न नहुने बताउनुभयो । नेता डाक्टर सुनिल शर्माले क्षेत्रनम्बर ३ भरी  विभिन्न चरणमा प्रशिक्षण कार्यक्रम आयोजना गर्दै दक्ष र प्रशिक्षित कार्यकर्ता उत्पादन गर्ने योजना रहेको बताउनुभयो । क्षेत्र नम्बर ३ भरी कांग्रेसलाई चलायमान बनाउने र कांग्रेसका निति सिद्धान्त विधान लगायतबारे जानकारी दिन प्रशिक्षण कार्यक्रम राखिएको क्षेत्रिय सभापति गणेश खड्काले बताउनु भयो । कांग्रेस क्षेत्रिय समितिले शुक्रबार र शनिबार बेलबारी ११ स्थित लक्ष्मीमार्गमा र पथरीमा प्रशिक्षण कार्यक्रम राखेको छ । डाक्टर गोविन्द गुरागाई र केशव निरौलाले प्रशिक्षण दिनुहुने छ ।
प्रशिक्षण उद्घाटन कार्यक्रममा विभिन्न पार्टीका पचास भन्दा वढि व्यक्तिहरु कांग्रेस प्रवेश गरेका थिए । कांग्रेस प्रवेश गर्नेहरुमा रिक्त गुरुङ,हिमाल गुरुङ,मोहन राई,जानसिंह कोइराला लगायत हुनुहुन्छ । प्रेस चौतारी मोरङका सदस्य राष्ट्रपे्रमी राज पोखरेल पनि कांग्रेस प्रवेश गर्नुभएको छ ।

Facebook Comments
Show More

Related Articles