nirantarkhabarखेलकुदसमाचार

मेयरकपमा वडा नं ११ बिजयी

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

जेठ १ । मोरङको बेलबारीमा जारी वडास्तरीय मेयरकपको बुधबारको खेलमा वडा नं ११ बिजयी भएको छ । खेलमा वडा नं २ लाई ० का बिरुद्ध १ गोल गर्दै ११ नं वडाले यात्रा अघि बढाएको हो ।

बेलबारी ४ पञ्चज्योति स्कुल सँगै रहेको बेतना खेल मैदानमा भएको खेलको ८ औ मिनेटमा ११ नं वडाका कासिम राईले गोल गरेका हुन । बुधबारको खेलको म्यान अफ द म्याच पनि वडा नं ११ का कासिम राईनै भए ।
प्रतियोगितामा बेलबारीका ११ वटै वडाका टिमहरु सहभागी छन । फाइनल खेल जेठ ९ गते हुनेछ । प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार रुपैयाँ ट्रफी मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै उपविजेताले ५१ हजार रुपैयाँ प्राप्त गर्ने बेलबारी नगर मेयर कप फुटबल आयोजक समितिका सचिव मिलन राईले जानकारी दिए ।
प्रतियोगितामा बिहिबार वडा नं ४ र १० बिच प्रतिस्पर्धा हुनेछ ।

Facebook Comments
Show More

Related Articles