समाचारसमाज

दुवै मृगौला फेल भएका बेलबारीका सोम बहादुरलाई सहयोग जुट्दै

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

३१ बैशाख । मोरङ बेलबारी १ का ४४ बर्षिय सोम बहादुर श्रेष्ठको उपचारका लागि सहयोग रकम उठ्ने क्रम जारी छ । मंगलबार सन्चमाया लिम्बुको नेतृत्वमा दुर्गा मन्दिर लाइनबाट संकलन भएको २६ हजार ५ सय रुपैयाँ श्रेष्ठलाई हस्तान्तरण गरिएको छ ।

उपचारका लागि अहिलेसम्म १ लाख २२ हजार ८ सय संकलन भएको सहयोग समिति संयोजक गंगा श्रेष्ठले जानकारी दिइन ।
दुवै मृगौला फेल भएपछि उपचारमा आवस्यक रकम अभाव भएकोले उपचारमा सहयोग पुर्याउन सहयोग समितिले आर्थिक संकलन गरिरहेको छ । नेपाली काँग्रेस क्षेत्रिय सदस्य तथा बेलबारी उद्योग बाणिज्य संघ बेलबारीका उपाध्यक्ष केदारी अधिकारीले ११ कक्षामा अध्ययनरत पिडितका छोरा रविन श्रेष्ठलाई डिप्लोमा सम्मको अध्ययनमा लाग्ने संपुर्ण खर्च सहयोग गर्ने भएका छन ।

मृगौला प्रत्यारोपण गर्न १५ लाख आवस्यक भएकोले श्रेष्ठको उपचारमा सहयोग पुर्याउन व्यापारी, राजनितिक दल, लगायत संपुर्णलाई सहयोग गर्न बेलबारीका व्यवसायी बाबुराम श्रेष्ठले आग्रह गरेका छन ।

Facebook Comments
Show More

Related Articles