nirantarkhabarबिबिधसमाचारसमाज

पाँचथरमा ५८ वर्षीया महिलामाथि सामूहिक बलात्कार

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

बैशाख २९ । पाँचथरमा तीन जनाको समुहद्वारा एक ५८ वर्षीया महिला सामूहिक बलात्कारको सिकार भएकी छन । पाँचथर फिदिम नगरपालिकाकी ती महिला विवाहको निम्ता मान्न गएको समयमा सामूहिक बलात्कारको शिकार भएकी हुन ।

गत शुक्रबार राति तीन जनाको समूहले आफूलाई सामूहिक बलात्कार गरेको पीडित महिलाले प्रहरीमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो । शुक्रबार छिमेकीको बिहेमा निम्तो मान्न गएको बेला राति आफूमाथि सामूहिक बलात्कार भएको भन्दै दोषीमाथि कारबाहीको माग गर्दै पीडित महिलाले प्रहरीमा उजुरी दिएकी थिइन् ।

पीडित महिलाको उजुरीको आधारमा घटनाका आरोपित स्थानीय ४५ वर्षीय धनसिंह फागोलाई प्रहरीले पक्राउ गरेको छ । घटनाका आरोपित अन्य दुई जना फरार रहेको पाँचथर प्रहरीले जानकारी दिएको छ ।

Facebook Comments
Show More

Related Articles