मनोरञ्जन

बेलबारी आइडलका लागि सबै वार्डबाट प्रतिष्पर्धी छानिए

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

बैशास २१
बेलबारी नगरभित्रका गायन प्रतिभाहरुको प्रतिष्पर्धामक कार्यक्रम सुर सप्तक बेलबारी आइडल २०७६ को अन्तिम अडिसन सम्पन्न भएको छ । बेलबारी नगरपालिकाको हलमा शनिबार भएको अडिसनबाट ८ जना प्रतिष्पर्धी अर्को चरणका लागि छनौट भएका छन् । शनिबार बेलबारी वार्डनम्बर १,२,३ र ४ का प्रतिष्पर्धीहरु सहभागी भएका थिए । सहभागी मध्ये वार्डनम्बर १ बाट कुमारी विक र सारा तामाङ वार्डनम्बर २ बाट अलिमा लिम्बु र उसा माझी वार्डनम्बर ३ बाट रुद्र सुवेदी र लक्ष्मी पौडेल र वार्डनम्बर ४ बाट बिवेस मते र अविनास राई छानिएका छन् । यस सँगै बेलबारी आइडलका लागि सबै वार्डबाट प्रतिष्पर्धी चयन भएका छन् ।
अडिसन मार्फत सबै वार्डबाट छनौट भएका प्रतिष्पर्धीहरुलाई १ महिना सम्म प्रशिक्षण दिइने छ । त्यस पश्चात उत्कृष्ट १० छनौट गरी सार्वजनिक कार्यक्रम मार्फत प्रतिस्पर्धा गराई सुर सप्तक बेलबारी आइडल छनौट गरिने स्रस्टा समाजका सचिव तथा आइडल कार्यक्रम संयोजक जे.वि. थुलुङले जानकारी दिनुभएको छ ।
बेलबारी नगरपालिकाको आर्थिक सहयोगमा र स्रस्टा समाजको आयोजनामा प्रतियोगिता सुरु भएको हो । अडिसनमा संगितकर्मीहरु धु्रब वस्नेत,सञ्जिव धिमाल,शेखर थापा मगर र मेखराज कार्की निर्णायक रहनुभएको छ । आइडलको उपाधि बिजेताले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछ । उपबिजेताले नगद ७ हजार रुपैयाँ, तेस्रो हुनेले नगद ५ हजार रुपैयाँ प्राप्त गर्ने छन्। प्रतियोगिताको फाइलन असार दोस्रो हप्ताभित्रमा गर्ने आयोजकको तयारी रहेको छ ।

Facebook Comments
Show More

Related Articles