बिबिधशिक्षा-स्वास्थ्यसमाचारसमाज

केराबारीमा भेटिए ६ जना पाठेघरको मुखमा लाग्ने क्यान्सरका बिरामी

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

२० बैशाख । मोरङको केराबारी गाउँपालिकामा संपन्न महिलाहरुको लागि निशुल्क स्वास्थ्य सिविरमा पाठेघरको मुखमा लाग्ने क्यान्सरका बिरामी ६ जना भटिएका छन । केराबारी गाउँपालिका गाउँकार्यपालिकाको कार्यलय स्वास्थ्य शाखाको आयोजनामा बैशाख १६ देखी १९ गतेसम्म बिभिन्न स्थानमा सन्चालन भएको स्वास्थ्य सिविरमा ४ सय ३३ जनाले स्वास्थ्य जाँच गराएका थिए ।

“सुरक्षित मातृत्व, केराबारी गाउपालिकाको दायित्व” नारा सहित पहिलो दिन घंघरुमा रहेको सामुदायिक स्वास्थ्य इकाईमा, दोस्रो दिन मंगलबार केराबारी स्वास्थ्य चौकिमा, १८ गते याङसिला स्वास्थ्य चौकि र १९ गते संहदेवी सामुदायिक स्वास्थ्य इकाईमा सिविर सन्चालन भएको थियो ।
स्वास्थ्य सिविरमा महिलाहरुको पाठेघरको मुखमा लाग्ने क्यान्सरको भि आइ ए प्रविधिबाट परिक्षण, आङ खसेका महिलाहरुको रिङ पेसरीबाट उपचार तथा पाठेघर सम्बन्धि अन्य रोगहरुको परिक्षण गरिएको गाउपालिका स्वास्थ्य शाखा प्रमुख टोम प्रसाद चौलागाईले जानकारी दिए ।
पाठेघरको मुखमा लाग्ने क्यान्सरका बिरामी ६ जनालाई कोशी अन्चल अस्पताल बिराटनगर र घोपा धरान रेफर गरिएको साथै नेपाल सरकारको स्वास्थ्य निदैशिका बमोजिम १ लाख सहयोग हुनेगरी गाउँपालिकाले सिफारिस समेत गरेको स्वास्थ्य शाखा प्रमुख चौलागाईले जानकारी दिए ।

Facebook Comments
Show More

Related Articles